सिन्धुलीको एक कोरोना संक्रमितलाई थप उपचारको लागि काठमाडौ लगिएको छ । कमलामाई नगरपालिका ८ का अन्दाजी ५० वर्षीय पुरुषलाई थप उचारको लागि हेलिकप्टर मार्फत काठमाडौ लगिएको हो । उक्त पुरुष ५ दिन देखि जिल्लाको कोभिड अस्पतालमा उपचारत रहेको जिल्ला अस्पताल सिन्धुलीका व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित विरामीको स्वास्थ्य अवस्था जटिल भए पछि उहाँको परिवारले थप उपचारको लागि काठमाडौ लगेको हो । जिल्लामा हाल कोरोना संक्रमणको कारण ३४ जनाले ज्यान गुमाएका छन् ।
२५ जनामा कोरोना पोजेटिभः सिन्धुलीमा सोमबार २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । १ सय ६ जनाको पिसिआर तथा एन्टिजेण्ट मार्फत परिक्षण गर्दा १५ महिला र १० पुरुष गरि २५ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो संगै सिन्धुलीमा कोरोना भाईरसको दोस्रो लहर सुरुभए पश्चात कोरोना संक्रमित हुनेको संख्या २ हजार २ सय ५७ पुगेको स्वास्थ्य कार्यलय सिन्धुलीले जनाएको छ । अहिलेसम्म पिसिआर बिधिमाफत परिक्षण गरिएको मध्य १ हजार ७ सय ५६ र एन्टिजेण्ट मार्फत परिक्षण गरिएको मध्य ५ सय ६ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लामा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ४ सय २७ रहेको छ । सोमबार १९ जना संस्थागत आइसोलेसनमा उपचाररथ छन भने ४ सय ८ जना होम आइसोलेसनमा रहेका छन । सिन्धुलीमा आज सम्म ३ हजार ४ सय ९९ जनाको पिसिआर बिधि मार्फत कोरोना परिक्षण गरिएको छ भने १ हजार ८ सय ६६ जनाको एन्टिजेन्ट मार्फत कोरोना परिक्षण गरिएको स्वास्थ्य कार्यलय सिन्धुलीले जनाएको छ ।