सिन्धुली – वातावरणीय प्रभाव मुल्यांकन नगरी सडक निर्माण गर्दा वर्षादमा आउने बाढी पहिरोले कतिसम्म क्षती गर्न सक्ने रहेछ भन्ने गतिलो उदाहरण अरुणठाकुरको कालोपत्रे सडक भएको छ ।
दुधौली नगरपालिकाको वाडा नं १० लखिमाबाट वडा नं १३ को अरुणठाकुर दमार जोड्ने कालोपत्रे सडक अविरल वर्षपछि आएको बाढी र साना–साना पहिरोले क्षत बिक्षत बनाएको छ । १२.५ किलोमीटर लम्बाइ रहेको यो सडक मध्ये बादरे खोलादेखि झण्डै ३६४ मीटर कालोपत्रे सडक हेर्नै नसकिने गरि पत्रपत्र उप्किएर क्षत बिक्षत भएको छ ।
सडक निर्माण गर्दा एकातर्फ मात्रै पानी बग्ने नालाहुनु र झोरामा आउने बाढीको निकासका लागि एउटा मात्र ह्युपाइप हुदा सडकमा बाढी पसेर क्षती भएको स्थानीयको भनाइ र्छ । “झोरोमा ठुलो बाढी आउछ, निकास हुने एउटा मात्र ह्यूमपाइप राखि तारजालीले घेरिएको छ”, स्थानीय कर्ण वलले भन्नुभयो, “लच्का बनाउनु पर्ने ठाउमा पाइप जस्तो राखेपछि बाढी सडकमा गएर क्षती नगरे के गर्छ त ?”
पाच मीटर चौडा भएको यो सडकमा निर्माणमा ठेकेदारको चरम लापरवाही भनेर चौतर्फी आलोचना भएपनि त्यस्तो नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक ठहर छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह–न्यायाधिवक्ता रामकुमार थापा सहितको टोलीले पनि सडक निर्माणको गुणस्तर र क्षतीको बिबरण संकलन गरेको छ ।
अनौपचारिक कुराकानीमा सहन्याधीवक्ता थापाले सांमाजिक संजाल केही अनलाइनमा फिंजाइएको अफवाह जस्तो स्थलगतमा नपाएको सुनाउनुभयो । “प्राकृतिक प्रकोपले गर्दा सडकमा ठुलै क्षती भएको छ, दोषी र निर्दोष खुट्याउने काम प्राविधिक रिपोर्टबाट आउने भएकाले ठुलो हौवा फिंजाउन जरुरी नभएको उहाँको तर्क छ ।”
उता स्थानीयले पानी निकास हुने ठाउ“ नै नभएपछि बाढी सडक हुदै नबगेर कता जान्छ त भनेर स्थलगत पुगेका संचारकर्मीहरुस“ग उल्टै प्रश्न तेर्साउ“छन् । ०४१ र ०५० सालको बाढी भोगेका ७५ वर्षीय वीरबहादुर मोक्तान बाढी हिंडाउन सडक बनाएको जस्तो भएको सुनाउनुहुन्छ । “एक पटक पनि पिच सडकमा गाडी चढेर हिंड्न नपाइ स्वाहा भएको छ,” उहाँले भन्नुभयो, “पानी बेतोडले दर्किएपछि खोला नै सडक भएको थियो । यो त सडक हैन् खोलाबाढी जस्तो थियो, अनि के बाकी रहनु ।” पानी निकास सहितको मजबुत सडक निर्माण गर्न उहाँले सरकारलाइ सुझाउनुभयो ।
१० वर्ष अघिको डीपीआरबाट इस्टमेट गरि ठेक्का लगाएको र भौगोलिक वातावरणको अध्ययन नै नगरी पहाडमा कालोपत्रे सहितको सडक निर्माण गर्दा यस्तै क्षती बेहोर्नु पर्ने रहेछ भन्ने पुष्टी भएको वडाध्यक्ष मिलन सुनुवारको भनाइ छ ।
“स्थानीय तहमा छलफल नै नगरी ठेक्का लगाइन्छ,” उहाँले भन्नुभयो, “यहा“को मौसम र वाताबरण त यहिका स्थानीयलाइ थाहा हुन्छ नि, ०४१ सालको जत्रो बाढी सडकमा थियो, अनि भत्किदैन ।”
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक (डोलीडार) को ग्रामिण सडक सञ्जाल सुधार आयोजनाबाट २०७८ पुष मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरि इसीआइ–कन्काइ जेभीले भ्याट बाहेक २६ करोड ३१ लाखमा लिएको ठेक्का सम्पन्न भएको दुई साता मात्र भएको थियो । सडक छियाछिया भएपछि ३६ लाखको हाराहारीमा वर्षादले क्षती गरेको निर्माण कम्पनीको अनुमान छ ।
हामीले वदमासी गर्ने भए त १२.५ किलोमीटर बनाउदा सबै ठाउ भत्किनु पर्ने भन्दै निर्माण कम्पनीका प्रवन्धक डीबी लामा प्राकृतिक प्रकोपले पु¥याएको क्षतीलाइ अनर्गल प्रचार गरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले म्यादभन्दा ९ महिना अघि काम सकेका छौं, अब क्षती भएको सडक फेरि बनाउछौं, स्थलगत गएर चेकजा“च गरि प्राविधिक स्टमेट भन्दा गलत काम गरेको ठहर भएमा कारवाही भोग्न तयार छौं ।”
दुधौली नगरपालिका वडा नं १३ का वडाध्यक्ष मिलन सुनुवार निन्द्राबाट व्यूझिएर मोबाइल खोल्नुभयो । भर रात परेको दर्कने पानीले कता के के भयो भन्ने मनमा आशंका पालेर मोवाइल हेर्दै गर्नु भएका उहाँको नजरमा छियाछिया भएको कालोपत्रे सडकको फोटो प¥यो ।
त्यो छियाछिया भएको कालोपत्रे सडक भर्खरै निर्माण सम्पन्न भएको आफ्नै वडाको भन्दा उहाँले पत्याउन सक्नु भएन । तर उहाँलाइ सडकको अवस्थाको विषयलाइ लिएर स्थानीय भटाभट फोन गर्न थालेपछि मन कु“डियो ।
“लामो प्रयासपछि सडक कालोपत्रे भएको थियो, म पनि एकदुई पटक भन्दा बढि ओहोरदोहोर गरेको थिइन”, उहाँले भन्नुभयो, “कालोपत्रे सहितको सडक निर्माण भएर स्थानीयमा छाएको खुसीलाइ वर्षाले चकनाचुर पारि दिएर सडकलाइ तोरी पेलेर निस्किएको पीना बनाइ दिएको छ ।”
ह्यूमपाइप टालिएर खोल्साको बाढी कालोपत्रे सडकमा पस्दा यस्तो अवस्था आएको जानकारी वडाध्यक्ष सुनुवारले पाउनु भएको छ । लगातार वर्षाका कारण स्थलगत निरिक्षण गर्न नपाएको भन्दै वडाध्यक्ष सुनुवारले निर्माणमा कमि कमजोरी भएको जस्तो आफुलाइ नलागेको सुनाउनुभयो ।
१० दिन अगाडि मात्र वडाध्यक्ष सुनुवारले निर्माण सम्पन्न भएको सडकमा भाडादर समेत कायम गरेका थिए । पहिला कच्ची सडक हुदाको महंगो दुई सय भाडा दरलाइ वडाको बैठकबाट घटाएर उहाँले भाडादर कायम गर्नु भएको थियो । “बस तथा बोलेरोमा प्रतिव्यक्ति एक सय र अटोमा एक सय २५ बनाएका थियौं, लागू गर्न नपाउ“दै सडक स्वाहा भयो,” उहाँले भन्नुभयो, “यस्तो बीरुप बनाएर क्षती होला भन्ने कल्पना पनि गरेका थिएनौं ।” यो कालोपत्रे सडक निर्माण सम्पन्न भएको भर्खर दुई साता मात्रै भएको स्थानीयको भनाई छ ।