सिन्धुलीमा नौँ दिन निषेधाज्ञा थप्दै खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै जनमानसमा कोरोनाको जोखिम घटेको भन्ने सोच छ । तर, कोरोनाको जोखिम भने घटेको छैन । जिल्लामा कोरोना संक्रमितको संख्या बढेको बढेकै छ । विगतमा भन्दा अहिले कोरोना परिक्षणको दायरा घट्दा कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा घटेको हो । अहिले बजार संचालनमा आएको छ । मानिसको भिड बढिरहेको दृश्य सदरमुकामको पालिका लगायत अन्य स्थानिय तहमा देख्न सकिन्छ । न्युनतम मापदण्डनै प्रयोग नगरि सर्वसाधरण बजारमा हिँड्डुल गरिरहेका छन् । उनीहरुमा कोरोनाको जोखिम ह्वात्तै घटेको भन्ने भान छ । तसर्थ, सर्वसाधरणको चेतना बढाउनकालागि सम्बन्धित निकायले बृहत सचेतना कार्यक्रम संचालनमा ल्याउन जरुरी छ । त्यसैगरि, नियमनकारी निकायले पनि न्युनतम स्वास्थ्य मापदण्डको कार्यान्वयनकालागि निगरानि बढाउन आवश्यक छ । अन्यथा, आगाामी दिनमा कोरोना संक्रमितको संख्या नबढ्ला भन्न सकिन्न ।
सिन्धुली भौगोलिक हिसाबले पनि जोखिमपुर्ण जिल्ला हो । नजिकको नेपाल–भारत सिमा, काठमाडौँलाई तराई जोड्ने विपी राजमार्ग लगायत अन्य पक्षले गर्दा कोरोनाको जोखिम यथावत् नै छ । तसर्थ, यी सबै पक्षलाई मध्यनजर गर्दै जिम्मेवार निकाय थप चनाखो भएर अघि बढ्न आवश्यक छ । सर्वसाधरणमा पर्याप्त चेतना नभएका कारण जिम्मेवार निकायले जोखिम न्युनिकरणकालागि थप अग्रसरता देखाउन जरुरी छ ।