बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिसिटिभिको उपयोग गर

सोमवार , आषाढ २१, २०७८

सिन्धुलीको कमलामाई नगरपालिकामा विभिन्न ठाउँहरुमा सिसिटिभि जडान गरिएको छ । दुर्घटना लगायत कुनै पनि घट्ना भएमा उक्त दृश्य कैद गर्न सिसिटिभि महत्वपूर्ण उपकरणका रुपमा लिइन्छ । त्यसैगरि, संभावित दुर्घट्ना न्युनिकरणकालागि पनि सिसिटिभि उपयोगी छ । कमलामाई नगरपालिकाको सडकमा सवारीसाधनको तिव्र गति मुख्य समस्या बन्दै गएको छ । हरेक समय हरेक ठाउँमा प्रहरी तैनाथ हुन्छन् भन्ने छैन । त्यसैले, सिसिटिभिको माध्यमबाट तीव्र गुड्ने सवारीसाधनलाई निगरानिमा राखेर संभावित दुर्घट्ना हुनबाट रोक्न सकिन्छ । तसर्थ, बहुउपयोगि सिसिटिभिको उचित संचालन र व्यवस्थापनमा कमलामाई नगरपालिका, जिल्ला प्रहरी कार्यालय लगायत समबन्धित निकायले ध्यान दिन आवश्यक छ । नगरलाई सुरक्षित र शान्त राख्नकालागि सिसिटिभिको पूर्ण उपयोग गर्नतर्फ सम्बन्धित निकायले जोड दिन जरुरी छ ।

नगरभित्रका क्षेत्रमा रातको समय मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै टोलवासीलाई हैरान बनाउने जमातपनि बढेको छ । सिसिटिभिको माध्यमबाट त्यसता व्यक्तिहरुको पहिचान गरि सम्झाई बुझाई वा कानुन बमोजिम कार्वाही गर्नतर्फ प्रहरी थप चनाखो हुन जरुरी छ । त्यसैगरि, नगर क्षेत्रका सिसिटिभिको व्यवस्थापनमा पनि सम्बन्धित निकायाले प्राथमिकता दिन आवश्यक छ । नगरभित्रका थुप्रै सिसिटिभि बिग्रेको अवस्थामा रहेकाले तीनको मर्मत र संचालनमा जिम्मेवार निकायले होस् पुर्‍याउनु पर्दछ ।

प्रतिक्रिया