सिन्धुलीमा बाढी र पहिरोका कारण मानविय तथा भौतिक क्षति भएको छ । बाढीपहिरोले दुईजनाको मृत्यु भएको छ भने करोडौँको क्षति पुगेको छ । जिल्लाका विभिन्न स्थानिय तहमा भौतिक संरचनाहरु भत्किएका छन् । नागरिकको घर, गोठ भत्किएका छन् भने सडक तथा संरचनाहरु तहसनहस भएको अवस्था छ । कोरोनाले पीडा दिइरहेको बेला बाढीपहिरोले थप पीडा थपिदिएको छ । अहिले पीडित जिल्लावासीलाई राज्यको साथ चाहिएको छ । उनीहरु अभिभावको आवश्यकताको महशुश गरिरहेका छन् । संघीयता आएपछि गाउँगाउँमा सरकार पुगेको छ । स्थानिय सरकारले अहिलेको अवस्थामा अभिभावकको भुमिका निर्वाह गर्नुपर्दछ । नागरिकले पाएको चोट र पीडालाई कम गर्न राहतका कार्यक्रमहरु ल्याउनेदेखि उनीहरुलाई पुनस्र्थापित गराउनतर्फ जोड दिन जरुरी छ । तसर्थ, स्थानिय सरकारले नागरिकले भोग्नुपरेको समस्याको समाधानमा हातेमालो गरेर अघि बढ्न आवश्यक छ ।
सिन्धुलीका विभिन्न स्थानिय तहमा बाढीपहिरोले वितण्डा मच्चाएको छ । केहि नागरिकहरु गाँस, बाँस र कपास नपाएर कष्टकर जिवन बिताइरहेका छन् । तसर्थ, स्थानिय सरकारले त्यस्ता पिडित नागरिकको पहिचान गरि उनीहरुलाई राहतका कार्यक्रमहरु ल्याउन जरुरी छ । त्यसैगरि, उनीहरुको पीडामा मलम लगाउन स्थानिय सरकारले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गर्नतर्फ जोड दिन आवश्यक छ । अतः पीडाको समयमा स्थानिय सरकारले गम्भिर भएर आफ्नो भूमिका निभाउन अग्रसर देखिन जरुरी छ ।