शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा बढी भाडा लिने ३६ वटा सवारी साधन कारबाही

शनिवार , आषाढ १९, २०७८

सिन्धुली – सिन्धुलीमा वढी भाडा लिने ३६ वटा सवारी साधनलाई कारबाही गरिएको छ । शुक्रबार कमलामाई नगरपालिका ९ भिमान चेकपोस्ट स्थित बिपि राजमार्गमा अट्राप्रपो भिमानबाट खटिएको चेकिङ टोलीले सर्लाहीबाट काठमाडौँ तर्फ जादै गरेको बिभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा ३६ वटा वढी भाडा लिने सवारीलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

नेपाल सरकारले तोके बमोजिम भाडा ८ सय लिनु पर्नेमा यात्रुसँग बढी भाडा लिएको पाइएकाले भाडा फिर्ता गर्न लगाई ट्राफिक जरिवाना गरी पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै गोलान्जोर गाउपालिका वडा नं. ६ खुर्कोट चेकपोस्ट स्थित बिपि राजमार्गमा काठमाडौँ तर्फ जादै गरेको विभिन्न वढी भाडा लिने सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ । सवारी साधनलाई जरिवाना गराइ वढी भाडा यात्रुलाइ फिर्ता गर्ने लगाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया