सिन्धुली –गोलन्जोर गाउँपालिकाकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ६४ लाख ४८ हजार ९ सय २६ खर्च गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्षबाट हाल सम्म ६४ लाख ४८ हजार ९ सपय २६ खर्च गरेको हो । पालिकाले कोरोना रोकथामको लागि ९७ लाख ६ हजार ३ सय ९६ प्राप्त गरेको छ ।
गाउँपालिकाको गत आर्थिक वर्षको बाँकी रकम १४ लाख ९६ हजार ३ सय ९६, वोनी लघुवित्त १० हजार, गाउँपालिकाबाट विनियोजित ५० लाख , कोभिड अस्पाताल कटिएको स्वास्थ्यकर्मीको तलब बाट १० लाख, सिदार्थ वैेक बाट २ लाख, आन्तिरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेश प्राप्त ५ लाख, हेफर प्रोजेक्ट इन्टनेशलबाट १५ लाख प्राप्त गरेको छ ।
पिसिआर परिक्षण गर्ने तथा अन्य प्रयोजनको लागि संचालन भएको गाडी भाडामा १ लाख ३३ हजार २ सय खर्च गरेको छ । यस्तै क्वारेन्टाइन व्यवस्थापनमा २ लाख ६४ हजार ६ सय ७५, औषधी तथा स्वास्थ्य सामाग्री खरिद ८ लाख ५ हजार ७ सय ८८, क्वारेन्टाइन निर्माणमा ५ लाख , कोभिड अस्पतालामा ल्याब संचालन तथा व्यवस्थापनमा ९ लाख ७५ हजार ८ सय ३६, आरआरटि परिचालन खर्च ३ लाख ५ हजार ७ सय १४, कोभिड अस्पतालमा कायरत स्वास्थ्यकर्मीको तलब भक्ता ५ लाख ७१ हजार ३ सय ७० खर्च गरेको छ ।
सुचना प्रकाशन तथा प्रसारण गरे बापत ६७ हजार, कोभिड अस्पताल मर्मत तथा हेल्थ पोष्ट स्वास्थ्य भवन निर्माण ९ लाख ८ हजार २२, राहत १ ला २६ हजार १ सय ८०, हेल्थ डेक तथा क्वारेन्टीनमा भएका विविध खर्च ४ लाख ५७ हजार ५ सय ३०, उपचार खर्च तथा आर्थिक सहयोग ५ लाख ११ हजार ५ सय ६५, प्रकोपजन्य निर्माण तथा मर्मतका लागि ७ लाख ५६ हजार ४६, र सिन्धुली अस्पताल विकास समितिलाइ ६६ हजार दिएको गाउँपालिकाले जनाएको छ ।