शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा वाढी र पहिरोले करौडौँको क्षती,(भिडियो)

शुक्रवार , आषाढ १८, २०७८

सिन्धुली –दुधौली नगरपालिका १ को वंका खोला र वडा नम्बर २ को खारखोलामा आएको वाढीले खोला नजिकको वस्ति ढुवानमा परेको छ । बुधवार राती आएको अविरल वर्षाको कारण खोलामा आएको वाढीले वस्ती ढुवानमा परेको दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले बताउनुभयो । मानवीय क्षेत्री भने नभएको उहाँले जानकारी दिनुभयो । बाढीले खोला नजिक रहेको पसल भित्रका सामाग्री, घरमा भएका खाद्यन्न लगाएतका सामग्री बगाएको छ ।

यस्तै दुधौली नगरपालिका १२ जिनाखुमा पहिरोे कुखुराको फर्म बगाएको छ । पहिरोले फर्म सहित ५ सय कुखुरा बगाएको मेयर राउतले बताउनुभयो । कमला नदि तथा खहरेमा पानीको बाहव वढी रहेकाले जोखिममा रहेका वस्तीलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेको मेयर राउतले जानकारी दिनुभयो । भिडियो समाचारको अन्तिममा छ

यस्तै मरिण खोलाले खेती योग्य जमिन कटान गरेको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बन्जनले जानकारी दिनुभयो । खोलाले मरिण गाउँपालिका ५ वढीमुहानमा दुई विगा खेती योग्य जमिन कटान भएको छ । यस्तै वडा नम्बर ५ कै घाटाको पन्चकन्या पोखरी समेत जोखिममा रहेको अध्यक्ष बन्जनले जानकारी दिनुभयो ।

मरिण गाउँपालिका ४ को फुलबारी,वडा नम्बर २ को सखौरी लगाएतका ठाउँमा केहि खेती योग्य जमिन कटान भएको छ भने वस्तीनै वाढीको जोखिममा रहेको उहाँले बताउनुभयो । जोखिममा वस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिसकेको अध्यक्ष बन्जनले बताउनुभयो । मरिण गाउँपालिकामा वर्षाले भएको क्षत्रीको विवरण संकलन गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । “प्रत्येक वडामा प्राविधिक पठाई क्षेत्री भएको विवरण तयार गर्ने छौ ।” अध्यक्ष बन्जनले भन्नुभयो, “विपद व्यवस्थापनको वैठक वसि आवश्यक सहयोग गर्ने छौ ।”

कमलामाई नगरपालिका क्षेत्र भित्र पनि पहिरोले लाखो क्षती भएको छ । नगरपालिका भित्रका ग्रामिण सडक खण्डका पहिरो गएको छ भने सयौै घर पहिरोको जोखिममा रहेको छ ।

यस्तै पहिरोले विपि राजमार्ग अवरुद्ध भएको थियो । विपि राजमार्ग स्थित सुनकोशी गाउँपालिका ५ दुम्जामा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । हाल पहिरो पन्छाइ सकेको र एक तर्फी बाटो संचालन भइरहेको छ ।

यस्तै कमलामाई नगरपालिका ९ सुकेखोला स्थित बि.पी. राजमार्गमा सिन्धुलीबाट बर्दिबास तर्फ जादै ज १ ह ४५५९ नं.को अटो खोला तर्ने क्रममा अटोको स्टार बन्द भएको र खोला मै अटो फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । अटो चालक गोलन्जोर गाउँपालिका १ च्याखुटार बस्ने वर्ष ३३ को बासुदेब श्रेष्ठ भने सुरक्षित रहको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटी गई उक्त अटो निकालि इलाका प्रहरी कार्यालय भिमानमा लगी राखिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्लामा बाढी र पहिरोको कारण क्षती भएको विवरण संकलन गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो । उहाँले नदि,खोला, खहरे नजिक बसोबार गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गनुभयो । साथै पहिरोको जोखिममा रहेको बस्ती तथा घरमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया