बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सूचना दिन कञ्जुस्याई नगरौँ

शुक्रवार , आषाढ १८, २०७८

सिन्धुलीमा पछिल्लो समय जिल्लावासिको सूचनाको हक हनन् गरिएको छ । स्थानिय तह लगायत संघसंस्थाले सूचना दिन कञ्जुस्याई गर्दा जिल्लावासि सूचनाको हकबाट वञ्चित बनेका छन् । संचारमाध्यम मार्फत सूचना प्रवाह हुने भएपनि संचारकर्मीलाई नै सूचना दिन जनप्रतिनिधिले आनाकानि गरिरहेका छन् । सरकारी निकायले समेत संचारकर्मीलाई जानकारी दिन नखोज्दा जिल्लावासिले वास्तविक सूचना पाईरहेका छैनन् । आफ्नो नकारात्मक पक्षका बारेमा समाचार आएपछि सम्पर्क नै गर्न नखोज्ने प्रवृद्धि देखिदै आएको छ । जनप्रतिनिधिले त झनै आलोचना र विरोध सुन्नै नसक्ने भएका छन् । उनिहरूको कमजोरीका कारण नागरिकले यथार्थ जानकारि लिन पाईरहेका छैनन् ।

अहिले विपद्को समयमा जिल्लावासिले अभिभावको साथ खोजिरहेका छन् । तर, केही जनप्रतिनिधि भने नागरिकको वास्तै नगरि महत्वपुर्ण जानकारी दिन पनि कञ्जुस्याई गरेको अवस्था छ । जनतालेनै यो स्थानमा आफूलाई पु¥याएको जनप्रतिनिधिले बिर्सनुहुदैन । नागरिकको सूचनाको अधिकार कसैले हनन् गर्नुहुदैन ।

प्रतिक्रिया