सिन्धुली लगायत देशभर मनसुन सक्रिय भएसँगै बाढीपहिरोले वितण्डा मच्चाइरहेको छ । बाढीपहिरोको जोखिमयुक्त जिल्लामा सिन्धुली पनि पर्दछ । बाढीपहिरोका कारण वर्षेनि मानविय तथा भौतिक क्षति भएपनि विपद् व्यवस्थापनमा पर्याप्त कदम चाल्न सकिएको छैन । जसकाकारण वर्षात्को समयमा अतिप्रभावित क्षेत्रका नागरिक डरडरले नै समय बिताउनुपरिरहेको छ । विपद् व्यवस्थापन समितिले बाढीपहिरोको जोखिम न्युनिकरणकालागि तयारी गरेपनि पर्याप्त नभएको गुनासो नागरिकले गरिरहेका छन् । यो वर्ष मनसुन अन्य वर्षमा भन्दा बढि सक्रिय हुने अनुमान मौसम पुर्वानुमान शाखाले गरेको छ । तसर्थ, जिल्लाका अति प्रभावित क्षेत्रको पहिचान गरि वस्ती स्थान्तरण लगायत सुरक्षाको मापदण्ड पालना गराउन सम्बनिधत निकायको ध्यान जान जरुरी छ ।
विगतका वर्षमा बाढीपहिरोले पुर्याएको मानविय तथा भौतिक क्षतिको तथ्यांकलाई सुक्ष्म तरिकाले अध्ययन गरेर ती क्षेत्रका बासिन्दालाई सुरक्षित राख्न जिल्लाका सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ । विपद् व्यवस्थापनमा जिम्मेवार निकायको एक्यबद्धता जरुरी छ । त्यसैले, सम्पूर्ण राज्यशक्तिको प्रयोग गरेर विपद् जोखिम र न्युनिकरणमा सम्बन्धित निकायले गम्भिर भएर आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैैँन ।