सिन्धुली –कमलामाई नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि २ करोड ४३ लाख ३६ हजार ९ सय ४८ रुपैया ३५ पैसा खर्च गरेको छ ।
नगरले दोस्रो चरणको कोरोना संक्रमण रोगथामको लागि ०७७ असोज ११ गते ०७८ जेठ १९ गते सम्म २ करोड ४३ लाख ३६ हजार ९ सय ४८ रुपैया ३५ पैसा खर्च गरेको जनाएको छ । यस्तै नगरले कोरोना नियन्त्रणको लागि ३ करोड ८२ लाख ४५ हजार ७ सय २४ रुपैया २७ पैसा प्राप्त गरेको छ ।
नगरपालिकाबाट १ करोड ६० लाख ५५ हजार ७ सय ५०,स्थानिय पूर्वाधार विकास कार्याक्रमको बाँकी बजेट १ करोड ७२ लाख ३० हजार,प्रदेशबाट १२ लाख, नगरको कर्मचारीको एक दिनको तलबबाट १ लाख ७३ हजार ५सय ३०, नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकबाट २५ लाख ४ हजार ७ सय ४०, जनप्रतिनिधिबाट २ लाख १८ हजार ७ सय ६०,विभिन्न व्यक्ति संघसंस्थाहरुबाट ८ लाख २६ हजार ७७ रुपैया, स्वास्थ्य तर्फका कर्मचारीको एक दिनको तलब बाट ३६ हजार ५ सय ६७ रुपैया गरि जम्मा ३ करोड ८२ लाख ४५ हजार ७ सय २४ रुपैया २७ पैसा प्राप्त गरेको नगरपालिकाले जनाएको छ ।
यस्तै नगरपालिकाले खाद्यन्न वितरणमा १ करोड ५७ लाख ६१ हजार ७ सय ४८ रुपैया ३८ पैसा खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापनमा २४ लाख २८ हजार ६ सय ५५, सुत्केरी महिलालाई एकएक लिटर ध्यू वितरण कार्यक्रममा २ लाख, जिल्ला समन्वय समितिलाई १ लाख, कोभिड अस्पतालमा खटिने अस्पतालका कर्मचारीलाई प्रोत्साहन भत्ता ३ लाख खर्च भएको नगरपालिकाले जनाएको छ ।
अमेरिकन फौजि किरा रोकथाम कार्यक्रममा ३ लाख ८२ हजार ६ सय रुपैया, स्वास्थ्य सामाग्री खरिदमा १४ लाख ९३ हजार ३ सय ४२ रुपैया, स्वास्थ्य कर्मचारीको तलबबाट कट्टा भएको रकम फिर्ता १ लाख ७४ हजार २ सय ५२, क्वारेन्टाइनमा खटिएका कर्मचारीको तलब भत्ता २ लाख ५३ हजार ४ सय ९४, विभिन्न व्यक्तिहरुको लागि राहत सहयोग तथा आगलागी पिडित र स्वास्थ्य उपचारको लागि ६७ हजार, क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाजा खाना तथा चिया खर्च ३ लाख खर्च भएको नगरपालिकाले जनाएको छ ।
अन्य विविध खर्च २७ हजार ७ सय, भिटिएम खरिद खर्च १ लाख २५ हजार ४ सय ३७, आइसोलेस भवन निर्माण खर्च ३ लाख, खानेपानी महशुल भुक्तानी ३३ हजार ३ सय ८०, विद्युत व्यवस्थापन तथा महशुल भुक्तानी १ लाख ६ हजार ७ सय ७५, अन्य विविध प्रकोप व्यवस्थापन खर्च १ लाख ६२ हजार खर्च भएको छ भने बैकमा बाँकी रकम १ करोड ५४ लाख २३ हजार ८ सय ९६ रुपैया ९ पैसा रहेको छ ।