बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

उपभोक्ताको गुनासो सुनौँ

सोमवार , आषाढ १४, २०७८

सिन्धुलीको मरिण गाउँपालिकामा दुई जनालाई करेन्ट लाग्दा गम्भिर घाइते भएका छन् । दुई तले घर बनाउनेक्रममा तारमा छुँदा करेन्ट लागि स्थानिय कामदार घाइते भएका हुन् । स्थानियले नेपाल विद्युत प्राधिकरण, सिन्धुली वितरण शाखामा बारम्बार तारको विषयमा गुनासो गर्दा पनि कुनै कदम नचालेको हुँदा करेन्ट लागेको बताएका छन् ।

केहि साताअघि पनि सडकमा झरेको तारबाट करेन्ट प्रवाह हुँदा एक युवतिको मृत्यु भएको थियो । पछिल्लो समय विद्युतको पोल र तारको व्यवस्थापनमा देखिएको कमजोरीका कारण त्रास बढिरहेको छ । सिन्धुलीका विभिन्न स्थानिय तहमा विद्युतका पोलहरु जोखिमपुर्ण अवस्थामा छन् । घर निर्माण भएपछि घर नजिकै पोल राख्दा जोखिम बढेको हो । त्यसैगरि, काठको पोलहरु जिर्ण अवस्थामा रहदा पोल ढल्ने त्रास पनि उत्तिकै छ । तसर्थ, सिन्धुली वितरण केन्द्र यी र यस्ता सम्पूर्ण जोखिमलाई न्युनिकरण र रोकथाम गर्न विशेष जोड दिन जरुरी छ ।

प्राधिकरणको सुस्तताले आईतबारको घट्ना निम्ताएको हो । स्थानियकै समस्या भएपनि प्राधिकरणका जिम्मेवार व्यक्तिले छलफल गरेर समस्याको समाधान निकाल्न अग्रसरता देखाउनुपर्दथ्यो । घर नजिकै पोल राख्दा जोखिम बढि हुन्छ । प्राधिकरणले यो कुरा नजरअन्दाज गर्न मिल्दै मिल्दैन । तसर्थ, आगामी दिनमा मानविय क्षति हुन नदिन प्राधिकरण गम्भिर भएर जिल्लाका जोखिमयुक्त स्थानको पहिचान गरि जोखिम न्युनिकरणतर्फ महत्वपुर्ण कदम चाल्न ढिलाई गर्नुहुदैँन । त्यस्तै, उपभोक्ताले गरेको गुनासोलाई यथाशिघ्र सम्बोधन गर्न प्राधिकरण सजग हुन आवश्यक छ ।

प्रतिक्रिया