सिन्धुलीमा मापदण्ड विपरित औषधि पसल (फार्मेसी) संचालनमा आइरहेको गुनासो बढ्दो छ । अनुमित पत्र बिनानै चेकजाँच गर्ने, मापदण्ड विपरित सेवा दिने, अर्कोको अनुमित पत्र राखेर मेडिकल संचालन गर्ने लगायत थुप्रै नकारात्मक पाटोहरु जिल्लाको मेडिकल क्षेत्रमा देखिदैँ आएको छ । विशेषगरि, औषधि पसलले डाक्टरको पुर्जा बिनानै औषधि बिक्रि गर्दा जिल्लाका युवाहरु ला गुऔषध दु व्र्यसनिमा फसिरहेको अवस्था छ । डाक्टरको अनुमति बिना बिक्रि गर्नै नमिल्ने औषधि समेत सजिलै उपलब्ध हुदाँ ला गुऔषध दुव्र्यसनिकर्तालाई के खोज्छ कानो आँखो भनेझैँ भएको छ । तसर्थ, जिल्लाका औषधि पसलले थोरै पैसकालागि समाजमा विकृति निम्ताउने कार्य गर्नुहुदैँन । औषधि पसल संचालकहरुको पनि छुट्टै समस्या होला । ला गुऔषध प्रयोगकर्ताले ध म्की दिने लगायत विभिन्न बाहानामा औषधि उपलब्ध गराउन क रकाप गर्नपनि सक्छन् । तर, ला गुऔषध प्रयोगकर्ताले जतिनै ज र्बजस्ती गरेपनि सहजै औषधि उपलब्ध गराउनुहुदैँन । जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर केकसरी स मस्याको समाधान गर्न सकिन्छ भन्नेतर्फ सम्बन्धित पक्षले विशेष जोड दिन जरुरी छ ।
सिन्धुलीमा ला गुऔषध नि यन्त्रण र रोकथामकालागि एक जुट नहुने हो भने आगामी दिनमा ठूलो दुर्घट्ना नहोला भन्न सकिन्न । पछिल्लो केहि दिनयता जिल्ला प्रहरी कार्यालयले पनि लागुऔषध निर्मुल पार्नकालागि केहि कदम चालिरहेको छ । प्रहरी संगठनभित्रै पनि केहि कमजोरि छन् जस्ले गर्दा ला गुऔषध प्रयोगकर्ताले खुलेआम औषधि खरिद गर्न पाइरहेका छन् । गोप्य सूचना संकलन गर्ने प्रहरी कर्मचारीले पाएको सूचना माथिल्लो तहसम्म नपुर्याउदा समस्या यथावत् हुने गरेको छ । त्यसैगरि, घुमुवा प्रहरीलाई प्रलोभनमा पारि सूचना प्रवाहनै हुन नदिने वातावरण पनि सिर्जना भइरहेको छ । तसर्थ,संगठनभित्र देखिएका कमिकमजोरीलाई सम्बोधन गर्दै ला गुऔषध निर्मुल पार्न प्रहरी पनि मजबुत हुन जरुरी छ ।
स्थानिय सरकारले ला गुऔषध नियन्त्रणमा कुनै पनि कदम चालेका छैनन् । जिल्लामा लागुऔषधको समस्या जटिल बनिरहदा स्थानिय सरकार भने मौन बस्नु दुखद कुरा हो । स्थानिय तहले लागुऔषध नियन्त्रण र रोकथामकालागि प्रहरी लगायत सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्न जरुरी छ । त्यसैगरि, जिल्लामा त्यस्ता युवाहरु पनि छन् जस्लाई सुधार गर्न खोजियो भने उनीहरु सुध्रिन सक्छन् । तर, आर्थिक अवस्थाका कारण न त उनीहरु सुधार केन्द्रमा पुग्छन् न त घरमै सुध्रिन्छन् । यसको मतलब उनीहरु झनझन् दुव्र्यसनिमा फस्दै जान्छन् । तसर्थ, स्थानिय सरकारले लागुऔषध दुव्र्यसनिमा फसेकालाई सुधार केन्द्रमा भर्ना गर्ने वातावरण सिर्जना गर्न विशेष जोड दिन आवश्यक छ । त्यसैगरि, लागुऔषध प्रयोग गरेको छ कि छैन भनेर परिक्षण गर्ने किट उपलब्ध गराउन पनि स्थानिय तहले प्राथमिकता दिन जरुरी छ ।
त्यसैगरि, परिवारमा आफ्नो सन्तानको अवस्था केकस्तो छ भनेर अभिभाव जानकार हुनुपर्दछ । आफ्नो परिवारको सदस्य कतै लागुऔषध दुव्र्यसनिमा फसिरहेका त छैनन् भनेर निगरानि बढाइनुपर्छ । तसर्थ, सबै जुट्ने हो भने जिल्लामा लागुऔषध प्रयोगलाई निमिट्यान्न पार्न कठिनाई हुदैँन । अतः जिल्लाबाट लागुऔषध रोकथाम र नियन्त्रणकालागि सबै एक जुट भएर लाग्न जरुरी छ ।