शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा अवैध रुपमा बालुवा उत्खन्न गर्ने स्काइभेटर र ट्याक्टर प्रहरीको नियन्त्रणमा

शनिवार , आषाढ १२, २०७८

सिन्धुली– सिन्धुलीमा अवैध रुपमा खोलामा बालुवा उत्खन्न गरिरहेको अवस्थामा स्काइभेटर र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोप्य सुचनाको आधारमा कमलामाई नगरपालिका ५ रानिखोलामा बालुवा उत्खन्न गरिरहेको अवस्थामा एउटा स्काभेटर र तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो । नियन्त्रणमा लिएको स्काइभेटर र ट्याक्टरलाई आवश्यक कारबाहिको लागि जिल्ला समन्वय समितिमा पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला समन्वय समितिले स्काइभेटर र ट्याक्टर कारबाहिको अधिकार कमलामाई नगरपालिकालाई दिएको भन्दै नगरपालिका पठाएको जिल्ला समन्वय समितिका सभापति शंखर राज बर्मातिवारीले बताउनुभयो । यता कमलामाई नगरपालिकाले भने अनुसन्धान गरि आवश्यक कारबाहि गर्ने प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकालले बताउनुभयो ।

कमलामाई नगरपालिका ५ रानीखोलाका स्थानियले खोलामा जथाभावि वालुवा उत्खन्न गर्दा वाढी पहिरोको जोखिम हुने भएकाले जथाभावि वालुवा उत्खन्न गर्ने कार्य बन्द गर्ने माग गरेका छन् ।

प्रतिक्रिया