शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

क्यानडामा एलिजाको मस्ति, नेपालमा ऋषिको रुवाबासी (१२ तस्बिर सहित)

शुक्रवार , आषाढ ११, २०७८

चर्चित पत्रकार ऋषि धमलाको पत्नि एवं नेपाली चलचित्र क्षेत्रको नायिका एलिजा गौतम अहिले क्यानडामा छिन् । क्यानडामा मौसम गर्मि भएसँगै एलिजा पनि समुन्द्री किनारमा फरक अवतारमा देखिएकी छन् । हाल आफ्नो आमा बुवा र छोरीसँग क्यानडामा रहेकी एलिजाले बिहिवार केही तस्बिर सार्वजनिक गरेकी छन् । सो तस्बिरमा उनकी छोरी र उनकी आमा पनि छन् । क्यानडमा रमाइलो गरिरहेकि एलिजा यसअघि यस्तो अवतारमा देखिएकि थिइन् । देश अनुसारको भेष भने जस्तै क्यानडा पुगेपछि एलिजाले आफ्नो पहिरनमा उदार देखिएकि छिन् ।

उनी टु पिस पहिरनमा समुन्द्री किनारमा आमा र छोरी एरिकासँगै देखिएकि छिन् । मस्ति मुडमा देखिएकि एलिजाले उक्त तस्बिर सार्वजनिक गरेपछि अहिले सामाजिक संजालमा एलिजाको चर्चा चुलिएको छ । गौतम आफ्नो पहिरनका कारण पनि मिडियामा चर्चामा आइरहेकि हुन्छिन् । ‘अनुराग’ नामक चलचित्रबाट नेपाली फिल्म क्षेत्रमा पाइला टेकेकि एलिजाले थुप्रै म्युजिक भिडियोहरु खेलिसकेकि छिन् । उनको म्युजिक भिडियोहरु हिट भएका छन् । दर्जन बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकि एलिजा आफ्नो श्रीमानका कारण पनि चर्चामा आउछिन् ।

एलिजाले खेलेका सबैजसो भिडियो पनि हिट छन् । त्यसैले उनी चर्चित नै छिन् । मोडलिङमा लागेपछी एलिजाले खिचेका थुप्रै तस्बिरहरुको समेत चर्चा हुन्छन् । सामाजिक संजालमा पोस्ट गरेका उनका फरक अवतारका तस्बिरमा उनका पती ऋषि धमलालाई नै ट्रोल गरिरहेका हुन्छन् । त्यसो त नेपाली नायिकाहरुले कमैले मात्र टु पिसमा फोटो खिच्छन् । ती कमै नायिकाहरुमा एलिजा पनि पर्छिन् । पहिला पहिला नायिकाहरुले छोटो कपडा लगाउदा ‘फलानि त लुगा नै लगाउन नपाए झै गर्छे’ भनेर कुरा काटिन्थ्यो रे । तर, अहिले यो कुरा सामान्य हुँदै गएको छ । त्यसैले धेरै नायिकाहरु खुल्न थालेका छन् ।

नेपालमा भने ऋषिको रुवाबासीः पत्नि क्यानडामा मस्ति गरिरहेको बेला यता धमला भने पत्रकारीतामै व्यस्त छन् । अन्तर्वार्ता लिनेक्रममा धेरै पटक धमलाले आसुँ खसालेका छन् । उनले कोभिड पछि दुईवटा अन्तर्वार्तामा रोएका थिए । देशको अवस्था र राज्यले गरेको नजरअन्दाजलाई मुख्य विषय बनाएर धमलाले आफ्नो कार्यक्रममा आसँु खसालेका हुन् । उनी आफ्नो कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा रोएका थिए ।

प्रतिक्रिया