सिन्धुली – सिन्धुलीमा जवरजस्ती करणीका घट्ना बढेको छ । जिल्लामा १० महिनाको अवधिमा ३४ वटा जवरजस्ती करणीका मुद्धा दर्ता भएको जिल्ला अदालत सिन्धुलीको तथ्यांकमा उल्लेख छ । गत वर्ष आर्थिक वर्षमा ३२ वटा जवरजस्ती करणीका मुद्धा दर्ता भएका थिए ।
विविध कारणले महिला तथा कम उमेरका बालिका माथि हुने जबजस्ती करणीका घटना वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो समय विज्ञान र प्रविधिले गरेको विकासलाई सहि सदुपयोग नगर्दा र आमावावुले आफ्ना छोराछोरीलाई नियन्त्रणमा राख्न नसक्दा यस्ता घटनाहरु बढ्दै गएको हो ।
मुलुकीय अपराध संहिता २०७४ लागु भएपछि कानुनमा नै १८ वर्ष भन्दा कम उमेरका महिलासँग लिएको सहमतिमा सहमति नमान्ने व्यवस्थाले पनि जवरजस्ती करणीको जाहेरी वढी आएको उहाँले बताउनुभयो ।
जिल्लामा १८ वर्ष उमेर कमका केटिसँग सहमतिमा भएको सम्बन्ध जवरजस्ती करणीमा स्पान्तरण भएका घट्ना बढी रहेको नायव उपरिक्षक लामाले बताउनुभयो ।
यस आर्थिक वर्षमा मात्रै १८ वर्ष भन्दा कम उमेरमा सहमतिमा भएका सम्बन्ध जवरजस्ती करणीमा रुपान्तरण भएका ५ वटा जाहेरी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकमा उल्लेख छ ।
यस्तै आफ्नै श्रीमानले जवरजस्तीकरणी गरेको जाहेरी एउटा आएको नायव उपरिक्षक लामाले बताउनुभयो ।