नेपालमा मनसुन सक्रिय हुन थालिसकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा मनसुन शुरू हुने संशोधित औसत मिति जेठ ३० हो । यस वर्ष सरकारले तयार पारेको सम्भावित सूची अनुसार २३ जिल्ला मध्य सिन्धुलीपनि पहिरोबाट प्रभावित हुने अनुमान गरिएको छ । सिन्धुलीका १९ सय ७९ जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ । यससँगै सिन्धुलीका स्थानिय तहले बाढीपहिरोको जोखिम न्युनिकरणकालागि गरेको पूर्वतयारीका बारेमा स्थानियको जिज्ञासा बढेको छ । सिन्धुलीमा विगतका वर्षहरुपनि वर्षात्को समयमा जनधनको क्षति हुने गरेको थियो । जिल्लामा बाढीपहिरोका कारण मानविय तथा भौतिक क्षति हुदैँ आएको छ । तसर्थ, स्थानीय प्रशासन, स्थानीय तह र केन्द्र सरकारले विपद्् व्यवस्थापन एवं जोखिम न्यूनीकरणको पर्याप्त पूर्वतयारी नगरेपनि तत्काल जोखिम न्युनिकरणकालागि आवश्यक कदम चाल्न तर्फ केन्द्रित हुनुुपर्दछ ।
सिन्धुलीमा बाढीपहिरोको उच्च जोखिम रहेको स्थानहरु पहिचान गरि त्यहाँ रहेका स्थानियको सुरक्षाकालागि स्थानिय सरकारले विशेष प्राथमिकता दिन जरुरी छ । त्यसैगरि, स्थानिय प्रशासन र स्थानिय तहले केन्द्र सरकारसँग विपद व्यवस्थापनकालागि समन्वय गर्न आवश्यक छ । अतः यस वर्षको मनसुनमा नेपालको अधिकांश भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेकोले सरकारका सम्बन्धित निकायहरु गम्भिर भएर जोखिम न्युनिकरणमा ध्यान केन्द्रित गर्न जरुरी छ ।