सिन्धुलीमा पछिल्लो केहि दिन यता चिनको खोप भरोसिलको दु’रुपयोग भएको भन्दै आवाज उठिरहेको छ । वृद्धवृद्धा र पत्रकारको नाममा अन्य व्यक्तिले पनि खोप लगाएको भन्दै आ’रोप प्र’त्यारोप चलिरहेको छ । जिल्ला प्रशासन र जनस्वास्थ्य कार्यालयले यस विषयलाई प्राथमिकतामा राखेर अ’नुसन्धान गर्ने र ग’ल्ति भए आवश्यक कदम चाल्ने बताइसकेको छ । पदको दु’रुपयोग गरि यदि कसैले खोप प्रयोगमा दु’रुपयोग गरेको भए आगामी दिनमा वास्तविकता आउनेनै छ । यसको अ’नुसन्धान हुनुपर्छ र ग’लत प्रवृद्धिलाई नि’रुत्साहित पार्नैपर्छ । तर, सम्पूर्ण ध्यान यसैमा केन्द्रित गरेर कोरोना रोकथाम र नि’यन्त्रणमा बा’धा पुर्याउनतर्फ कोहि लाग्नुहुदैँन । राज्यले कुनै नै कुनै दिन अवश्य पनि सबै उमेर समूहलाई खोप लगाउनेनै छ । अरुले लगाए भन्दैमा च’र्को वि’रोध हुन जरुरी छैन । तर, प्रभावित उमेर समूहले खोप लगाएका छन् कि छैनन् मुख्य विषय हो । यसको वास्तविक तथ्यांक पत्ता लगाएर प्रभावित उमेर समूहलाई खोप लगाउनतर्फ सम्बन्धित निकायले विशेष जोड दिन आवश्यक छ ।
सिन्धुलीमा कोरोना सं’क्रमणबाट ३१ जनाको मृ’त्यु भइसकेको छ । स’ंक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । अबको मुख्य चुनौति भनेको कसरी सं’क्रमितलाई उचित उ’पचार र स्वास्थ्य सामाग्री प्रदान गर्नु हो । अहिले पनि ठूलो संख्यामा सं’क्रमितहरु होम आईशोलेसनमै छन् । जनप्रतिनिधिहरु केहि संक्रमितको घरमै पुगेर हौसल्ला बढाइरहेका छन् । यो राम्रो शुरुवात हो । तर, जिल्लाका सबै सं’क्रमितको अवस्था बुझ्न स्थानिय सरकारले थप जनशक्ति र श्रोतसाधनको प्रयोग गर्न जरुरी छ । होम आईशोलेसनमा बसेकाहरुसँग अक्सिजन लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थापनमा स्थानिय सरकारले विशेष जोड दिन आवश्यक छ । त्यसैगरि, कोरोना परिक्षणको दायरालाई थप फराकिलो बनाउनकालागि केन्द्र सरकारसँग पहल गर्नतर्फ प्राथमिकता दिनुपर्छ । जिल्लामा सं’क्रमण फैलिन नदिन भि’डभाड नि’यन्त्रण र नि’षेधाज्ञाको पालना गराउनतर्फ जिम्मेवार निकायले थप सक्रियता बढाउन जरुरी छ । मुख्यतः नागरिक स्वयं सचेत भएर कोरोना रोकथाम र नि’यन्त्रणमा जुट्न आवश्यक छ । अतः कोरोनालाई पराजय गर्नकालागि सबै नागरिकले सुरक्षाको मापदण्ड अपनाउनतर्फ सधैँ गम्भिर भएर लाग्नुपर्दछ ।