नेपालमा मनसुन सक्रिय हुन थालिसकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा मनसुन शुरू हुने संशोधित औसत मिति जेठ ३० हो । यस वर्ष सरकारले तयार पारेको सम्भावित सूची अनुसार २३ जिल्ला मध्ये सिन्धुलीपनि प’हिरोबाट प्रभावित हुने अनुमान गरिएको छ । सिन्धुलीका १९ सय ७९ जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ । यससँगै सिन्धुलीका स्थानिय तहले बा’ढी प’हिरोको जोखिम न्युनिकरणकालागि गरेको पूर्वतयारीका बारेमा स्थानियको जिज्ञासा बढेको छ । सिन्धुलीमा विगतका वर्षहरुपनि व’र्षातको समयमा जनधनको क्ष’ति हुने गरेको थियो । जिल्लामा बा’ढी प’हिरोका कारण मानविय तथा भौतिक क्ष’ति हुदैँ आएको छ । तसर्थ, स्थानीय प्रशासन, स्थानीय तह र केन्द्र सरकारले वि’पद्् व्यवस्थापन एवं जोखिम न्यूनीकरणको पर्याप्त पूर्वतयारी नगरेपनि तत्काल जोखिम न्युनिकरणकालागि आवश्यक कदम चाल्न तर्फ केन्द्रित हुनुुपर्दछ ।
सिन्धुलीमा बा’ढी प’हिरोको उच्च जो’खिम रहेको स्थानहरु पहिचान गरि त्यहाँ रहेका स्थानियको सु’रक्षाकालागि स्थानिय सरकारले विशेष प्राथमिकता दिन जरुरी छ । त्यसैगरि, स्थानिय प्रशासन र स्थानिय तहले केन्द्र सरकारसँग वि’पद व्यवस्थापनकालागि समन्वय गर्न आवश्यक छ । अतः यस वर्षको मनसुनमा नेपालको अधिकांश भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेकोले सरकारका सम्बन्धित निकायहरु गम्भिर भएर जा’ेखिम न्युनिकरणमा ध्यान केन्द्रित गर्न जरुरी छ ।