बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

आ पत्तिजनक नियुक्ति नगर

शनिवार , जेठ २२, २०७८

कुनै पनि पदमा विधि अनुरुप सक्षम व्यक्तिलाई नियुक्ति गरिनुपर्छ । तर, सिन्धुलीको गोलन्जोर गाउँपालिकामा रहेको कौशिका माध्यमिक विद्यालय ग्वाल्टारको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नियुक्ति प्रक्रिया वि वादित बनेको छ । विद्यार्थीको अभिभावक भेलाबाट व्यवस्थापन समितिको अध्यक्ष नियुक्ति गर्नुपर्नेमा आफूखुशी गाउँपालिकाले प्रक्रिया चलाएपछि अन्य राजनैतिक दलले समेत आ पत्ति जनाएका छन् । कौशिका माध्यमिक विद्यालय त एउटा उदाहरण मात्र हो । सिन्धुलीका अन्य स्थानिय तहमा समेत राजनैतिक नियुक्तिले स मस्या पै दा गरिरहेको छ । एक त संस्थानै ध रासायी अवस्थामा पुग्ने र अर्को सक्षम व्यक्ति भुमिकाबाट बाहिरिने हुँदा नियुक्तिलाई महत्वपुर्ण मानिन्छ । तर, राजनैतिक स्वा र्थ पुरा गर्दै नियुक्ति गर्ने प्रक्रियाले सर्वसाधरण प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मा रमा पर्ने गरेका छन् । तसर्थ, कुनै पनि नियुक्तिमा स्थानिय तहले बृहत छलफल गरि सक्षम व्यक्तिलाई पदमा आसिन गराउन जरुरी छ ।

विशेषगरि, शैक्षिक क्षेत्रमा बढ्दो राजनितिकरणले शिक्षा जस्ता महत्वपुर्ण क्षेत्र क मजोर बन्दै गएको छ । सक्षम, अनुभवि र संस्थालाई उचित गन्तव्यतर्फ डोयाउन सक्ने व्यक्तिलाई नियुक्ति नगरि आफ्नो राजनैतिक जिवन बलियो बनाउन आसेपासेलाई पद ग्रहण गराउँदा नियुक्ति वि वादित बन्ने गरेको छ । विधि अनुसार राजनैतिक कु ण्ठा नगरि नियुक्ति गर्नतर्फ स्थानिय सरकार ग म्भिर हुन आवश्यक छ ।

प्रतिक्रिया