सिन्धुलीमा पछिल्लो समय राहत वितरणमा धेरै समूहहरु सक्रिय भएका छन् । कोरोना कहरका कारण समस्यामा रहेका समूहलाई राहत वितरण गरिनु स्वागतयोग्य कदम हो । एकलाई पर्दा अर्कोले सहयोग गर्ने चलनले नै मानवता दर्शाउँछ । जिल्लामा समाजसेविहरुले स्वास्थ्य सामाग्री देखि विपन्न परिवारलाई सहयोग गर्दै आएका छन् । उनीहरुको सेवाको भावको कदर र प्रशंसा सबैले गरेका छन् । मुख्यतः पीडामा रहेका ती परिवारलाई राहतले ठूलो मद्धत पुगेको छ । निस्वार्थ भावले गरिएको समाजसेवाले आफूलाई आनन्द दिलाउँछ । तर, स्वार्थ बोकेर राहत वितरण गर्ने समूह पनि देखिएका छन् । आफूले निस्वार्थ भएर आफूले सकेको सहयोग गर्दा जस्तोसुकै सानो सहयोग पनि बहुमुल्य हुन्छ । तर, सा मजिक सं जाल रंगाउन र अरुको वाहवाहि कमाउन गरिने सहयोगले सहयोग प्राप्त व्यक्तिलाई त खुशी बनाउछ नै, तर आफ्नो ब्रह्मलाई भने आनन्दित पुग्दैन । तसर्थ, राहत वितरणलाई प्रचारमुखी भन्दा पनि सेवामुखि बनाउतर्फ समाजसेविले जोड दिनुपर्छ । त्यसैगरि, राहत प्राप्त व्यक्तिको व्यक्तिगत जिवनमा आँच आउने काम पनि कसैले गर्नुहुदैँन ।
सिन्धुलीमा राहत वितरणमा देखिएको जनसहभागित प्रशंसायोग्य छ । कोरोनाबाट सिर्जित समस्याको समाधानमा सबैको एक्यबद्ध जरुरी पनि छ । त्यसैले, बिना कुर्न स्वार्थ बोकेर मानव सेवामा लाग्न समाजसेविको ध्यान केन्द्रित हुन जरुरी छ । आफूले गरेको सहयोगको जानकारी अरुलाई दिदाँ सेवाको भाव अरुमा पनि पलाउन सकछ । तर, राज्य व्यवस्थालाई निरन्तर सरापेर, अरुलाई निच देखाएर प्रचार गर्नु गलत हो । अतः राहतको नाममा कसैले पनि कसैलाई आहत पुर्याउनुहुदैँन ।