सिन्धुलीको सिन्धुलीगढी, रोल्पाको होलेरी , रुकुमको आरबिसकोटको प्रहरी चौकी र गोरखा च्याङ्गलीको साना किसान बिकास कार्यालय एवम् काभ्रे मेच्छेको दौलथ सिंह दोङको घरमा २०५२ साल फागुन १ गते एकैसाथ आ क्रमण गरी नेकपा माओवादीले स शस्त्र ज नयुद्ध सुरु गरेको थियो । दश वर्षे ज न यु द्धको जगमा नेपालमा गणतन्त्र आयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा जेठ १५ गते ग णतन्त्र दिवस मनाइन्छ । राजतन्त्रको अन्त्य पछि आएको गणतन्त्रले देशको व्यवस्थामा धेरै का यापलट भए । जनताबाट निर्वाचित सर्वसाधरण राज्य सत्तामा आसिन भएका छन् । जनताले चाहेका व्यक्तिले सरकार चलाइरहेका छन् । तर, जनताले गणतन्त्र आइसकेपछि पर्याप्त सुविधा पाइरहेका छन् कि छैनन् भन्ने मुख्य विषय हो । वर्तमान परिस्थीतिको मुल्यांकन गर्दा गणतन्त्रले केहि समूहमात्र बढि ला भान्वित भएको बुझ्न सकिन्छ । जनताले अहिले पनि उ पचार न पाएर म रिरहेका छन् । जनताबाट निर्वाचित प्रतिनिधिले आफू रम्ने र आफू समृद्ध हुनेबाहेक जनताको पी डामा म लम लगाउन सकिरहेका छैनन् । जनताको स मस्याको स माधान खोज्नतर्फ जनप्रतिनिधिहरु अ सक्षम देखिएका छन् । उनीहरुमा देखिएको अ हंकार, स्वा र्थ र पदको ला लचले गणतन्त्रको उपलब्धिहरुमाथिनै धावा बोलिरहेको छ ।
सिन्धुलीबाट निर्वाचित जनप्रतिनिधि सिन्धुलीवासीले झेलिरहनुपरेको स मस्याबाट भागिरहेको अवस्था छ । कोरोना भा इरसले जिल्लावासी आ तंकित बनिरहदा निर्वाचित संघीय प्रतिनिधिहरु न देखेझैँ गरिरहेका छन् । ज न यु द्धको उद्गमस्थल सिन्धुलीका जनताले यी सबै दृश्यहरु देखिरहदा गणतन्त्रको महिमा कसरी गाउन सक्छन् । ज न यु द्धमा होमिएका नेताहरु नै आज जिल्लावासीबाट टा ढा छन् । उनीहरु पदकालागि दौ डिरहेका छन् । यता, जिल्लावासी भने जि वन र म रणको दो साधमा छन् । तसर्थ, जनप्रतिनिधिले गणतन्त्रले दिएको सुनौलो अवसरको सदुपयोग गर्दै जनतालाई सेवासुविधा दिनतर्फ विशेष जोड दिन आवश्यक छ । गणतन्त्रले देशमा धेरै परिवर्तनहरु आएको छ । जनप्रतिनिधिहरुले ला लचि र स्वा र्थी प्रवृद्धिलाई त्याग्ने हो भने अझै गणतान्त्रिक देशबाट जनता खुशी हुने अवस्था हुन्छ । सत्तामा रहेका र सत्ताकालागि दौडिरहेका सम्पूर्ण श क्तिकेन्द्रको मा नसिकता जनताको सेवामा समर्पित होस्, गणतन्त्रको सबैलाई शुभकामना !