शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

२०७८ साल बैशाख १ गते वुधवारको राशिफल र मौसम

बुधवार , बैशाख १, २०७८

बि.सं.२०७८ साल बैशाख १ गते वुधवार ई. सं. २०२१ अप्रील १४ नेपाल सम्बत ११४१ पोहेलागा द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल द्धितीया, चन्द्रमा कुम्भ राशिमा, भरणी नक्षत्र, प्रीति योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः४० बजे, सूर्यास्त साँझ ६ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४० मिनेट देखि ७ बजेर १६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ । अन्न प्राप्तीको योग छ । केही खर्च भएपनि भेटघाटमा खर्च हुनाले मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने छ । सन्तानबाट सन्तोष प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । नचिताएको काममा पैसा भने खर्च हुने योग छ, सावधान रहनुहोला । गरेका कामबाट राम्रै लाभ हुनेछ । ब्यापारमा सफलता पाइएला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- जग्गा जमिनको कारोबार गर्दा असर हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । आज पढाइ लेखाइमा राम्रो हुनेछ । सोचेका काम सजिलैसँग पुरा गर्न सकिनेछ । साथै, टाढाको यात्रा समेत हुन सक्छ । दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । पारिवारिक जीवन सामान्य रहने छ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाइने योग छ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- कुनै लाभदायक समाचार सुन्न पाइएला । साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । खर्च धेरै नै बढ्ने छ । सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । स्वास्थ्यमा ठुलै समस्या आउला साथै उपचारका लागी धेरै नै खर्च हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- सवारी साधनबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएका काम बन्दै जानेछ । मेहनतले पुरस्कार तथा उपहार दिलाउन सक्छ । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मान समेत प्राप्त होला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ । आज तपाइले नसोचेको ठाँउबाट धन आर्जन गर्न सक्नु हुनेछ । साथीभाइले हरक्षण साथ दिने छन् भने मातापिताको आर्शिवाद प्राप्त होला । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- सवारी साधन हाँक्दा सचेतना अपनाउनु होला । घरमा परपाहुना र अतिथिको आगमन हुन सक्छ । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । कहीं कसैसंग झै झगडा हुन सक्छन् । कामको बोझले थाकेको महसुस होला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- बाल बच्चाबाट सन्तोष प्राप्त हुनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । स्वास्थ्यमा समस्या हुन सक्छ । नसोचेका समस्या देखिन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । दिन सामान्य नै रहेको छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- सुखद समाचार सुन्न पाइनेछ । विविध लाभ पनि होला । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । साथै, धार्मिक र सामाजिक काममा समय बित्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । पढाइ लेखाइमा समय दिन नसकिएला । सवारी चलाउँदा सावधानी अपनाउनु होला । भीडमा धनमाल हराउन सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला ।

तपार्ईँको दिन शुभ रहोस् ।

२०७८ साल बैशाख १ गते वुधवारको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

वुधवार दिउँसो :– देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदुपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूका पहाडी भू-भागका थेरै स्थानमा तथा बाग्मती प्रदेश र प्रदेश १ को एक दुई ठाँउ अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

वुधवार राती :– देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । सुदुपश्चिम, कर्णाली, र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई ठाँउ मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया