शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

श्रेष्ठको उपचारको क्रममा मृत्यु

शनिवार , चैत्र २८, २०७७

 

सिन्धुली – सिन्धुली जिल्लामा सबारी दुर्घट्नामा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयले शुक्रबार जारी गरेको बिज्ञप्ती अनुसार कमलामाई नगरपालिका–७ निवासी ७८ बर्षिय छबिलाल श्रेष्ठको सिन्धुली अस्पतालमा उपचारको क्रममा बिहिबार मृत्यु भएको हो ।

वडा नं. ६ स्थित बीपी राजमार्गमा पैदल यात्रा हिडि रहेको अवस्थामा मृतक श्रेष्ठ बुधबार दिउसो साढे तीन बजेतिर सबारी साधनको ठक्करबाट घाईते बन्नु भएको थियो ।

सोही वडा निवासी २५ बर्षिय प्रेमबहादुर आले मगरले चलाई ल्याएको बा ६२ प ९२७६ नम्बरको मोटर साईकलले पैदल यात्री श्रेष्ठलाई ठक्कर दिई टाउकोमा चोट लागेर घाईते बन्नु भएका श्रेष्ठलाई उपचारका लागि सिन्धुली अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालले थप उपचारका लागि धुलिखेल पठाएकोमा उपचार हुन नसकि बिहिबार नै धुलिखेल अस्पताबाट जिल्ला अस्पताल सिन्धुली पठाएकोमा सोही दिन श्रेष्ठलाई साढे पाँच बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया