सिन्धुली– सिन्धुलीमा मोटरसाईकलको ठक्करबाट एक जना बृद्ध घाईते भएका छन् । मोटरसाईकलको ठक्करबाट कमलामाई नगरपालिका ७ बस्ने ७८ बर्षिय छबिलाल श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोज कुमार लामाले जानकारी दिनुभएको छ । कमलामाई नगरपालिका ६ माझिटारमा कमलामाई नगरपालिका ७ कै २५ बर्षिया प्रेम बहादु आले मगर सवार बा ६२ प ९२७६ नम्बरको मोटरसाईकलले श्रेष्ठलाई ठक्कर दिएको थियो ।
मोटरसार्ईकलको ठक्करबाट श्रेष्ठको टाउकोमा गहिरो चोट लागेको डिएसपी लामाले बताउनु भएको छ । घाईते श्रेष्ठको सिन्धुली अस्पतालमा उपचार पश्चात धुलिखेल रिफर गरिएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरि, मोटरसाईकल चालक मगरलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।