शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा लागू औषध सहित युवक नियन्त्रणमा

शुक्रवार , चैत्र १३, २०७७

सिन्धुली, १३ चैत – सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–९ भिमानमा सबारी साधन चेकजाँच गर्नेक्रममा शुक्रबार प्रहरीले एक युवकलाई लागू औषध सहित नियन्त्रणमा लिएको छ ।

बीपी राजमार्ग हुदै सप्तरीको राजबिराजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.५.ख ३६१ नम्बरको हाईसमा सवार राजबिराज नगरपालिका–५ हिमालटोल बस्ने बर्ष २६ को शैलेस कर्णलाई लागू औषध सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नियन्त्रणमा लिएका कर्णले हातमा बोकी ल्याएको झोलाबाट डाईलेक्स–डिसी नामक कोरेक्स लागू औषध १६ बोतल, नाईट्रोभेट ट्याब्लेट ३ वटा(गोटी), सुकेको १० ग्राम गाँजा र अर्को एक बोतल लागू औषध बरामद गरिएको छ ।

प्रतिक्रिया