शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ईशा गुप्ताको बा थ रुम से ल्फी भा इ रल

शुक्रवार , पौष ३, २०७७

एजेन्सी, -बलिउड कलाकार ईशा गुप्ता सामाजिक सञ्जालमा धेरै स क्रिय छिन् । उनले प्राय फ्यानहरुलाई आफ्नो आकर्षक र बो ल्ड त स्वीर सेयर गरिरहन्छिन् । भर्खर पनि उनले आफ्नो एक तस्वीर सेयर गरेकी छिन्, जुन तस्वीर ज मेर भा इरल भइरहेको छ ।

तस्वीरमा ई शा गुप्ता टि–शर्ट लगाएकी छिन् । उनको यो तस्वीर बा थ रुममा ऐ नाको अगाडि लिइएको हो । फोटोमा बो ल्ड पो ज दिएकी छिन् । उनको यस तस्वीरलाई मानिसहरुले लाइक र धेरैले सेयर गरेका छन् । ह ट र आ क र्षक जस्ता क मेन्ट्स उनको फोटोलाई गरेका छन् ।

ईशा आफ्नो फिटनेसको लागि धेरै ध्यान दिन्छिन् । उनले प्राय यो गा गरेको फोटो पोस्ट गर्छिन् । यसको साथै उनले ग्लैमरस फोटोशुट पनि फ्या नहरुलाई सेयर गर्छिन् । २०१२ मा फिल्म ‘जन्नत’बाट बलिउड प्रवेश गरेकी उनी बो ल्ड सिन दिएर चर्चामा आएकी थिइन् । ईशाले वह रुस्तम, टो टल ध माल र बा दशाह जस्ता फिल्ममा काम गरिसकेकी छिन् । उनी पछिल्लो फिल्म वान डे मा देखिएकी थिइन् ।

यी हुन् २०२० मा सबैभन्दा धेरै कमाउने सेलिब्रेटी

२०२० पूरै विश्वका लागि निकै सकसपूर्ण रह्यो । यो वर्ष आम मानिससँगै ठूला-ठू ला सेलिब्रेटीले समेत मुश्किलको सामना गर्नुपर्‍यो । तर, केही सेलिब्रेटीका लागि यो वर्ष पनि फ लिफाप बन्यो । फोर्ब्स म्यागजिनले यस वर्ष सबैभन्दा बढी कमाई गर्ने वि श्वभरका सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ । यो लिस्टमा पहिलो नम्बरमा अमेरिकन टिभी स्टार टायकून काइली जेनर छिन् ।

फोर्ब्सले काइलीलाई २०२० मा सबैभन्दा कमाई गर्ने सेलिब्रेटी भनेको छ । २३ वर्षिय उनले यो वर्ष ५ सय ९० मिलियन डलरको कमाई गरेको फोर्ब्सले उल्लेख गरेको छ । दोस्रो नम्बरमा किम कार्दशियनका पति तथा र्‍या पर कान्ये वेस्टको नाम सामेल छ । उनले यो वर्ष १ सय ७० मिलियन डलरको कमाई गरेका छन् । तेस्रो नम्बर भने टेनिस प्लेयर रोजर फेडररले कब्जा गरेका छन् ।

त्यस्तै, २०२० मा सर्वाधिक क माई गर्ने सेलिब्रेटीको चौथो नम्बरमा पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो र पाँचौ नम्बरमा अर्जेन्टिनाका फुटबलर लियोनेल मेसी छन् । यो लि स्टको ट प टेनमा अभिनेता ड्वेन जोनसन, ब्राजिलका फुटबलर नेमार, अभिनेता टेलर पेरी र टिभी स्टार हावर्ड स्टेन पनि सामेल छन् । यो लिस्टको ५२औं नम्बरमा बलिउड अभिनेता अक्षय कुमार परेका छन् ।

राजा महेन्द्र र नेता केपी ओली

देश चलाउने ‘ज्ञानेन्द्र मोडल’ भन्दा उनका बाबु महेन्द्रको तरिकालाई वैज्ञानिक र व्यवहारिक मानिन्छ । तर, हाम्रो देश आज महेन्द्र हैन, ‘ज्ञानेन्द्र मोडल’ मा अगाडि बढेको छ ।

महेन्द्रले बेलायतबाट अर्थशास्त्र पढेर आएका डा.प्रकाशचन्द्र लोहनीलाई शुरुमा स्नातक निर्वाचन क्षेत्रबाट राष्ट्रिय पञ्चायतमा लगेर राजनीतिको स्वाद चखाए, दोस्रोचोटि नुवाकोटमा प्रत्यक्ष चुनाव लड्न पठाएर जनताबीच घु लमिल गराए । अनिमात्र उनका छोरा वीरेन्द्रले मन्त्री बनाए । तर, महेन्द्रका माइला छोरा ज्ञानेन्द्र र अहिलेका प्रधानमन्त्रीको एउटा समान, तर सर्वाधिक अ लोकप्रिय अभ्यास यस्तो छ– अमेरिकामा रहेका अर्थशास्त्री बद्रीप्रसाद श्रेष्ठले आफू अर्थमन्त्री बनेको समाचार उतै सुने । अनि, यता आएर शपथ लिए । यही शैलीमा राष्ट्रबैंकको पूर्वगभर्नर डा.युवराज खतिवडा राष्ट्रियसभा सदस्य मनोनित गरिए, अनि ठा डै मन्त्री बनाइए । ओली सरकारको अ लोकप्रियताको श्रृंखला यही निर्णयबाट शुरु भयो । ज्ञानेन्द्रले पनि पर्यटन व्यवसायी याङ्किला शेर्पा, व्यापारी रुपज्योति, राजेशकाजी र रविभक्त श्रेष्ठ, चिकित्सक डा.उपेन्द्र देवकोटा, शिक्षक देवी ओझा, टिप्पणीकार श्रीष समशेर, अञ्चलाधीश धर्मबहादुर थापा र दानबहादुर शाही, अनि मधुकर समशेर, समाजसेवी अनुराधा कोइराला, इञ्जिनियर दीपक ज्ञवालीलाई मन्त्री बनाए । यी सबै मान्छे आ–आफ्नो क्षेत्रका दिग्गज हुन् । तर, उनीहरु मन्त्री बन्दा जनताले ‘दिग्गज’ का काममा वाहवाही गरेनन्, बरु ज्ञानेन्द्रको स त्ता छिटोभन्दा छिटो ढा ल्न आतुर भए ।

मन्त्री भनेको जनतासँग काम गरेर आएकै मान्छे हुनुपर्छ । उसले जनताको चाहना, भावना र योजनालाई सार्थकता दिने क्षमता विकास गरेको हुन्छ । विषयका विज्ञहरुले त सम्बन्धित क्षेत्रबारे गहिरो ज्ञान राखेका हुन्छन् । तर, जनताको चाहना र भावनामा ढल्न सक्दैनन् । आफूलाई निगाह गर्नेप्रति त समर्पित होलान् तर ती मतदाता या निर्वाचन क्षेत्रप्रति प्रतिबद्ध हुनै सक्दैनन् । हुने त रमेशनाथ पाण्डेजस्तै ट परटुइँया नै हो । त्यसकारण यस्ता मान्छेलाई मन्त्री बनाउँदा जनता र सरकारबीच दूरी बढ्छ । विषय विज्ञहरुलाई बनाउने भनेको सल्लाहकार हो । जसरी युवराज खतिवडा सल्लाहकार बनाइनका लागि सुयोग्य मान्छे हुन्, मन्त्री बनाउनका लागि त्यति नै अयोग्य मान्छे रहेको प्रमाणित नै भइसकेको छ । युवराजकालीन अर्थव्यवस्थामा ओली सरकारले हासिल गरेका कैफियत थुप्रै छन् । त्यसमध्ये कम्युनिष्टहरुको मत आधार वा वर्ग आधार भनेको आधारभूत हो । त्यो वर्गका जनता कोही भरिया छन्, अलिक प्रगति गर्ने ‘भरिया’ हरु ठेलागाडादेखि चार पांग्रे डेलिभरी भ्यान, टिप्पर, कन्टेनर, ट्यांकर किनेर उही काम गर्छन् । अनि, ढुवानी कर र भरियालाई पनि प्या नमा दर्ता हुनुपर्ने नीति ल्याउँदा नेकपाले आत्मसात गर्ने वर्ग आधारका जनताले अहिले के भनिरहेका होलान् ? मेची क्याम्पस पढ्दाका मण्डले नेता, कहिल्यै कुनै चुनाव नलडेका युवराज खतिवडाले यो कुरा नबुझ्दा आखिरमा क्षति त पार्टीलाई पर्ने नै भयो ।

तर, राजा महेन्द्रले राजनीतिमा पठाउनुपर्ने डा.प्रकाशचन्द्रलाई त्यतै पठाए, कर्मचारी बनाएर राख्नुपर्ने डा.भेषबहादुरलाई त्यही जिम्मा लगाए, आठ वर्षबीच सचिवसम्म अड्याए, मन्त्री बनाएनन् । महेन्द्रले जम्मा २०२० देखि २०२८ सालसम्म गरेका कामको कारण आजसम्म उनको गुणगान गाइन्छ । जस्तो कि, पूर्वपश्चिम राजमार्ग । त्यसको दक्षिणतर्फ बाक्लो मधेसी बस्ती, उत्तरतर्फ पहाडबाट झारिएका समुदायको बस्ती । फलतः पूर्वपश्चिम राजमार्गमाथि न मधेसीको, न पहाडेको, कसैको पनि हैकम नचल्ने भयो । देशको भौगोलिक र प्रशासनिक विभाजन गरे, पानीढलोका आधारमा । उदाहरणका लागि मेची अञ्चलमा उच्च हिमाली भेग ताप्लेजुङदेखि झापाको समथर भूभाग के चनकवलसम्मको क्षेत्रफल हाले । सगरमाथामा सर्वोच्च शिखर अवस्थित सोलुदेखि सप्तरीको भारतीय सीमासम्म राखे । १४ मध्ये कुनै त्यस्तो अञ्चल थिएन, जहाँ हिमाल, पहाड र तराई नगाभिएको होस् । फलतः एउटै अञ्चलको माथिल्लो भेगबाट बगेर आएको पानी तल्लो, समथर भेगका जनताले पनि पिउने भए । त्यसले एकताको विकास गर्‍यो, समभाव र सद्भाव अभिवृद्धि ग¥यो । तर, अहिलेको संघीयतालाई हेरौँ, प्रदेश २ लाई पानी पिउन दिन्नौँ भनेर १ नं. र बागमती प्रदेशका सरकारहरुले नदी थुन्ने हो भने त्यहाँ भोकमरी चल्छ । यसले विभाजनको वीजारोपण गर्नेबाहेक कुनै उपलब्धी हुँदैन ।

त्यसमाथि प्रधानमन्त्रीको कार्यशैली कस्तो छ भने उपेन्द्र यादवलाई मन्त्री बनाउने, तर भेटचाहिँ नदिने ! यसबाट उपेन्द्रमा जन्मिने कुण्ठाले आक्रोश र विद्रोहको रुप लिएको त हामीले देखिहाल्यौँ । उहाँले पार्टी एउटा त बनाउनुभयो । तर, प्रेम गर्न सक्नुभएन । अहिले पनि लीलानाथ श्रेष्ठको सट्टा पम्फा भुषाल वा अरु कुनै पूर्वमाओवादीकी महिलालाई महिला मन्त्री बनाएको के हुन्थ्यो ? आखिरमा प्रेमको विकास हुन्थ्यो, तनावपूर्ण परिस्थिति साम्य त हुन्थ्यो !

जन आस्थाबाट साभार

सम्बन्धित विषय:

प्रतिक्रिया