शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आज कार्तिक ६ गते बिहिबारको राशिफल र मौसम

बिहिवार , कार्तिक ६, २०७७

बि.सं.२०७७ साल कार्तिक ६ गते बिहिबार ई. सं. २०२० अक्टुवर २२, नेपाल सम्बत ११४० कौलाथ्व षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल षष्ठी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, सुकर्मा योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः०८ बजे, सूर्यास्त साँझ ५ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ८ मिनेट देखि ७ बजेर ३३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आज बल तथा पराक्रममा बृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । व्यापारमा सफलता मिल्नेछ । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वियोग र छटपटी बढ्नाले मन कमजोर रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ । वाणिका कारण आफन्तजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । स्वास्थमा सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । आम्दानिका श्रोत फेलापरेता पनि शारीरिक आलस्यताले भने सताउनेछ । मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । बढी मेहनत गरे बढी फाइदा लिन सकिनेछ । पारिवारिक साथ सहयोग द्वारा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । गरीरहेको कार्यका क्षेत्रमा सामान्य वादविवादको सम्भाबना रहेकोछ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ । कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । मंगल कार्यको योगछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहने योग रहेकोछ । सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दिनको उत्तरार्ध सुखद् रहनेछ ।नयाँ लगानिका निम्ती समय उत्तम साबित रहनेछ । आयआर्जनका बिभीन्न श्रोतहरु फेला पर्नेछन । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने योग रहेकोछ । अध्यन अध्यापनमा अधिक समय ब्यतित गर्नुपर्नेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना समेत रहनेछ । कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- आज वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।भौतिक श्रोतसाधनका्े प्रयोगमा समय ब्यतित रहनेछ । स्थीर क्षेत्रमा गरिएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन तथा सामाजिक कार्यमा अग्रसर रहने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा कमि महसुस रहनेछ । गरीरहेको कार्य श्रेत्र बाटँ मान सम्मान प्राप्तीको योग बन्नेछ । तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- आज कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला । बिश्वासिला मित्रजनहरुबाट धोका हुन सक्नेछ । गरीरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्नेछ । सबारी साधनको यात्रामा बिशेष सजग रहनुहोला । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । सामाजिक कार्यको बिशेष दायित्व हात लाग्ने सम्भाबना रहेकोछ । बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :-आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।स्थीर क्षेत्रमा लगाईएको आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- आजआर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला । पारिवारीक झैँ–झमेला आउला ।आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला । पारिवारीक झैँ–झमेला आउला ।मित्र जनको साथ सहयोगमा कमि महसुस हुनेछ । पारीवारीक मेलमीलापमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा सोचेअनुरुपको लाभ प्राप्त नहोला । मानसीक चन्चलताको सामना गर्नु पर्ने छ । परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । सामान्य खर्च कारक दिन रहनेछ । कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- आजविशिष्ट व्यक्तिको सहयोग पाईनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला । पार्टनसीपको कार्यमा सफलता मिल्नेछ ।आय आर्जनका निम्ती उत्तम समय रहेकोछ । साजेदारी तथा नयाँ कार्यको थालनि भने दीर्घकालिन नरहला । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा बिशेष कार्यहरु सम्पादित रहनेछन । शिप मुलक कार्यका क्षेत्रबाट आम्दानी दिर्घकालिन रहनेछ । मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।कार्य सम्पादनमा दृणताको कमिले अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । स्वास्थका क्षेत्रमा भने सामान्य सुधार आउनेछ । परीवारका सदस्यहरु सगँ क्षणीक बियोग को सम्भाबना रहेकोछ । प्रतिस्पर्दा जन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला । तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- उल्लेखनीय मौसमी प्रणाली छैन। हालको मौसमको अवस्था :- हाल देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको छ। आज दिउँसो :- प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा वागमती र लुम्बिनि प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ । आज राती :- देशका पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने वाकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ  

द्वापर युगमा गरिएका यी भविष्यवाणी हुँदैछ सत्य सावित !

  आजपनि श्रीमद्भागवत महापुराणमा लेखिएका संस्कृत श्लोकले धेरै पहिलेदेखि मानिसलाई सत्य, धर्म र मोक्षको बाटोमा हिडाउन सहयोग गरेको छ । श्रीमद्भगवद् गीतामा भगवान कृष्ण र अर्जुनबीच महाभारतको युद्ध शुरु हुनै लागेको बेला ऋषि व्यासले धृतराष्ट्रलाई युद्ध हेर्ने ईच्छा भए दिव्य दृष्टि प्रदान गर्छु भन्दा धृतराष्ट्रले भन्नुभयो जन्मै देखि अन्धो भएकोले अब यो उमेरमा आएर दृष्टि मलाई चाहिन्न । यो दृश्य दृष्टि सञ्जयलाई दिनुहवस् जसले मलाई युद्धभुमीमा भएको संवादलाई सञ्जयले सुनाउन सकुन् । ऋषि व्यासले दिव्यदृष्टि सञ्जयलाई दिनुभएको थियो । जब युद्ध सुरु भयो युद्धमा भएका सबै गतिविधि सञ्जयले धृतराष्ट्रलाई सुनाएका थिए । आजभन्दा करिव ५००० वर्ष अगाडिको केही भविष्यवाणी गरिएको थियो जुन भविष्यवाणी अहिलै सत्य सावित हुदैछन् । भविष्यवाणी–१ :-  श्रीमद्भागवतमा भनिएको छ । धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने श क्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ । भविष्यवाणी–२ :- अ निकाल र अ त्याधिक क रको कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन् । ख डेरीले गर्दा सबैकुरा ब र्बाद हुनेछ । भविष्यवाणी–३ :-  कलियुगमा केवल धनलाई मात्र मानिसले सबैथोक मान्दछन् । राम्रो जन्म, उचित व्यवहार र असल गुणलाई गौण मानिनेछ । कानुन र न्यायिक निर्णय श क्तिशाली मानिसको हातमा जानेछ । भविष्यवाणी–४ :-  व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ । जीविकोपार्जन राम्रो गर्न सकेन भने समाजले व्यक्तिको म र्यादामा प्रश्न उठाउनेछन् । मानिसहरु अल्पज्ञानी हुनेछन्, जो धेरै शब्दहरुमा खेल्न सक्छन् र गफ हाँक्न सक्छन् उ नै सबैभन्दा विद्वान र शक्तिशाली ठहरिनेछ । भविष्यवाणी–५ :-   कलियुगमा मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ । यो भने पुरा भएको छैन, तर मानिसको बाँच्ने औसत उ मेर भने कम हुदै गएको छ । औषधि र डाक्टरको भरमा धेरै वर्ष बाँचिरहेका छन् । भविष्यवाणी–६ :-  नजिकका खोला, नाला, ताल, तलैया फोहोर हुनेछन् । एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ । मानिसको सौन्दर्य उसको कपालमा छ भन्ने सोचिनेछ । पेट भर्ने र अरुलाई मानेर धन कमाउने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ । जसले परिवार पाल्न सक्छ जसले नियम बिपरित पैसा कमाउनेछ उ नै विशेषज्ञ मानिनेछ । धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ । भविष्यवाणी–७ :- सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस् । मालिकले परिवारमा पुस्तौबाट रहदै आएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन । जब दूध दिन छोड्दछन् तब गाईहरु बेवारिसे छिडिनेछन् वा मारिनेछन् वा मासुको लागि प्रयोग गरिनेछन् । भविष्यवाणी–८ :-  महिला र पुरुष एक अर्का प्रति आकर्षण भए मात्र मिलेर बस्नेछन् । व्यापारमा बढी नै छल हुनेछ र व्यापारी नाफामुखी हुनेछन् । मानिस सफल हुनको लागि विभिन्न जाल झेल गर्दछन् । पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाँधेको आधारमा व्राह्मण कहलिनेछ । भविष्यवाणी–९ :-  मानिसहरु चिसो, हावाहुरी, तापक्रमको वृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन् यसको साथै आपसी झ गडा, भो क, प्या स, रो ग तथा चि न्ता, थ काइको सि कार हुनेछन् । भविष्यवाणी–१० :- मानिससँग धन छैन भने समाजमा उसलाई कसैले पनि गन्ने छैनन् । छल, कपट र सुन्दर व्यक्तित्वलाई सद्गुण मानिनेछ । केवल मौखिक सहमति र सुन्दरतालाई विवाहको लागि आधार मानिनेछ र कसैले स्नान गरि राम्रो भएको छ भने वा राम्रो कपडा लाएको छ भने मात्र अरुको अगाडी आउन लायक छ । भविष्यवाणी–११ ;- मानिसहरुले आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन् । जसको फलस्वरुप आश्रममा लगेर राख्नेछन् । भविष्यवाणी–१२ :- कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन् । सबै मित्रवत सम्बन्धलाई त्याग्नेछन् । आफ्नो र अरुको ज्या न लिनको लागि तयार हुनेछन् । भविष्यवाणी–१३ :- संस्कार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् । जसलाई धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ । भविष्यवाणी–१४ :- सहरहरुमा गुण्डा गर्दी र चोर तथा फटाहहरुले भरिनेछन् । वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ । राजनैतिक नेताहरुले बिस्तारै जनता भ्र ममा वा भ स्म पार्नेछन् । पण्डित तथा वुद्धिजिवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन । भविष्यवाणी–१५ :-  जब पृथ्वी यसरी भ्र ष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफूलाइ श क्तिशाली देखाउन राजनीतिको च रम दु रुपयोग गर्नेछ ।

प्रतिक्रिया