सिन्धुली,१८ असोज – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विद्यार्थीहरुको भौ तिक उपस्थितिमा पठनपाठन गराएमा सं क्रामक रोग ऐन २०२० बमोजिम विद्यालयलाई का रबाही गर्ने जनाएको छ ।
कार्यालयले आईतवार एक अन्यन्त जरुरी सूचना जारी गर्दै जिल्लामा को रोना भा ईरसको सं क्रमण उच्च रुपमा बढदै गएको जानकारी गराउदै जिल्ला भित्रका केही विद्यालयले विद्यार्थीको भौ तिक उपस्थिती गराएर पठन पाठन गराएको जानकारी प्राप्त भएको जनाएको छ ।

कार्यालयले भौ तिक उपस्थितिमा पठनपाठन गराउँदा को भिड १९ सं क्रमणको उच्च जो खिम बढ्ने र जिल्लामा उपलब्ध स्वास्थ्य सेवाबाट यसको नि रुपण सम्भव नभएको जनाउदै पठनपाठन रो क्न अनुरोध गरेको छ ।
जिल्लाका सबै स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गर्न निर्देशन गरेसँगै जिल्ला भरका अधिकांश विद्यालयमा भौ तिक उपस्थितिमा पठनपाठन सुरु भएका थिए । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेद्वारा जारी उक्त सूचनामा सरकारको भदौ २९ गते गरेको निर्णय विपरित विद्यालय न खोल्न अनुरोध गरिएको छ ।
सम्बन्धित पालिकाहरुलाई विद्यालय सञ्चालनका सम्बन्धमा प्र भावकारी अ नुगमन गरी आवश्यक व्यवस्था मिलाई दिनु हुन अनुरोध गर्दै सूचनामा विद्यालय सञ्चालन लगायतका गतिविधिबाट सं क्रमण फैलन गएमा सोको सम्पूर्ण जिम्मेवारी सम्बन्धित विद्यालय र विद्यालय व्यवस्थापन समिति नै रहने जनाईएको छ ।
विद्यार्थीहरुको भौतिक उपस्थितीमा गरिने पठन पाठनले कोभिड १९ को सं क्रमण घर घरमा फैलन गई खासगरी बृद्धबृद्धा र १० बर्ष मूनीका बालबालिकाको स्वास्थ्यमा गम्भिर असर पर्न जाने सूचनामा उल्लेख छ । विद्यालयलाई वैकल्पिक शिक्षण सिकाई मार्फत शैक्षिक गतिविधि कायम राख्न अनुरोध गरिएको छ ।