शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

पौवागढी र ठूलोगढीको पुनः निर्माण, गढीदरबारको अ त्तो प त्तो छैन

शनिवार , आश्विन ३, २०७७

सिन्धुली,३ असोज – सिन्धुली जिल्लाको कमलमामाई नगरपालिका ३ स्थित ऐतिहासिक सिन्धुलीगढी परिसरमा भ त्किएर भ ग्नावषेशमा परिणत भएका पौवागढी र ठूलोगढीलाई पुनः निर्माण गरिएको छ । तरसँगै रहेको गढीदरबारको भने पुनः निर्माणको अ त्तो प त्तो छैन ।

समयमै उचित म र्मत सं भार र स ंरक्षणको अभावमा भ त्किएर भ ग्नावषेशमा परिणत भएका यी ऐतिहासिक सम्पदामध्ये पौवागढीलाई बीपी राजमार्ग निर्माणका क्रममा श्रेष्ठ कन्ट्रक्सन कम्पनि र ठूलोगढीलाई सिन्धुलीगढी संरक्षण समितिले पुरानै मौलिक स्वरुपमा पुन : निर्माण गरि संरक्षण गरेको हो ।

बि.स. १८२४ तिर नेपाल एकिकरणका बेला द ुस्मनबाट बँच्न तत्कालिन गोर्खाली सेनाले निर्माण गरेको यी गढीमा रहेका कि ल्लाहरु पुन : निर्माणपछि पर्यटकिय दृष्टिले निकै आकर्षित बनेका स्थानीय बासिन्दाको भनाई छ । पर्यटकिय क्षेत्रका रुपमा विकास हुदै गएको सिन्धुलीगढी क्षेत्रमा उक्त दरवार निर्माण गर्न न सके रौ नक नै ह राउने उक्त वडाका पूर्व जनप्रतिनिधि राजनप्रसाद अधिकारी बताउनुहुन्छ ।

प्रशस्त पूर्वाधार भएर पनि अहिलेसम्म ओ झेलमा परेको सिन्धुलीगढी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदालाई स्थानीय बासिन्दाको प्रयासमा पुन : निर्माण गरि संरक्षण गर्न सुरु गरिएको जलकन्या गाविसका पूर्वअध्यक्ष राजनप्रसाद अधिकारी बताउनु हुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो समयमा सिन्धुलीगढी घुम्न आउने व्यक्ति बढ्दै गएका छन् । तर ईतिहास जोडिएका गढी दरबारको स्वरुप भ ग्नाबशेष देख्दा जो कोही पनि नि रास बनेर फर्किने गरेका छन् ।”

पौवागढीको संरक्षण गर्न कुनै पनि निकायले चासो नदेखाएपछि स्थानीय बासिन्दाको आग्रहमा विपि राजमार्ग निर्माणमा संलग्न श्रेष्ठ कन्ट्रक्सन कम्पनिले करिब एक लाख ५० हजार रुपिया खर्च गरि पुन ः निर्माण गरि दिएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समयमा सिन्धुलीगढी क्षेत्रको विकासका लागि सरकारी निकायबाट दह्रो रुपमा पैसा लगानी हुदै आएपनि पारदर्शिताको अभाव रहेको स्थानीयको गुनासो छ । गढीको नाममा धेरै व्यक्ति मोटाएको स्थानीय बासिन्दा पूर्ण तमाङले दुःखेसो पोख्नु भयो ।

ब न्दुकको ना ल छिर्ने गरि बनाईका किल्लाहरु नै सिन्धुलीगढीको महत्वपूर्ण गहनाको रुपमा रहेको छ । पौवागढीभन्दा माथि डाँडामा रहेको ठूलोगढी भने पर्यटन मन्त्रालयको सहयोगमा सिन्धुलीगढी संरक्षण समितिले पुन : निर्माण गरेको स्थानीयको भनाई छ । उता ,सिन्धुलीगढीको अर्को महत्वपूर्ण गहना गढीदरबार भने भत्किएर भ ग्नावषेशमा परिणत भएको छ ।

दरबारमा जडान भएका काठ र छानोका जस्तापाता चो री भएकाले गढीदरबार भ त्किएको स्थानिय बासिन्दा बताउछन् । भक्तपुरको ५५ झ्याले दरबारको शैलीमा निर्माण भएको यो दरबार भ त्किएर भग्नावषेशमा परिणत भएको देख्दा जो सुकैको पनि मन् क ुडिने स्थानीय तामाङले बताउनुभयो ।

सिन्धुलीगढीलाई आकर्षक पर्यटकिय केन्द्र बनाउन पछिल्लो समयमा कमलामाई नगरपालिकाले गुरु योजना नै बनाएर मोटो रकम लगानी गर्दै आएको छ । त्यस्तै नेपाली सेनाले युद्ध संग्राहलय बनाउदै छ । गढी दरबार पुन निर्माणका लागि यो बर्ष टेण्डर हुने नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले जानकारी दिनुभयो । बागमती प्रदेस सरकारको बहुबर्षे योजना अन्तर्गत करिब आठ करोड रुपियाको लगानीमा गढी दरबार निर्माण हुन लागेको उहाँको भनाई छ । स्थानीयका अनुसार हिउद मौसमको सुरुसँगै सिन्धुलीगढीमा वनभोज खान आउनेको लर्को लाग्दै गएको छ ।

पूर्वाधार विकास निर्माणसँगै यातायातको सुविधा भएकाले पछिल्लो समयमा सिन्धुलीगढीमा जिल्लाकै विभिन्न ठाँउ सहित तराईका जिल्लाबाट समेत वनभोज खान आउनेको लर्को लाग्न थालेको हो । मनोरम दृश्यपान गर्न सकिने तथा व्यवस्थित बनेकाले गढी परिसर वनभोजका लागि आकर्षक थलो बनेको वनभोज खान आउनेहरुले बताएका छन् ।

घाम लागेको समयमा गौरीशंकर हिमालको दृश्यपान गढी क्षेत्रबाट पर्यटकहरुले गर्न सक्छन् । वि.सं. १८२४ मा कप्तान किनलोकको नेतृत्वमा आएको अङ्ग्रेज सेनालाई हराएर सिन्धुलीगढी विश्वमान् चित्रमा चिनिएको छ । त्यसबेला बनेका ऐतिहासिक संरचानहरु अहिले भत्किएर भग्नावशेषमा परिणत भएकाले त्यसलाई पुनः निर्माण गरी व्यवस्थित गर्ने प्रकृयामा रहेको नगरपालिकाले जनाएको छ ।

नेपाल सरकारले घोषणा गरेको नयाँ पर्यटक गन्तव्य मध्येको एक ऐतिहासिक सिन्धुलीगढीमा पुर्वाधार निर्माणले समेत गति लिदै छ ।

प्रतिक्रिया