शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

वि फिक्स इटः एप्पलको सामाग्री मर्मतकालागि उचित गन्तव्य

आइतवार , भाद्र २८, २०७७

सन् २०१७ सालमा जोन खड्का (ज्याक) ले स्थापना गरेको मोबाइल रिपेरिङ सेन्टर, ‘वि फिक्स इट’ ले छोटो समयमै ग्राहकको मन जित्न सफल भएको छ । २४ वर्षिया ज्याकले मोबाइल रिपेरिङ सम्बन्धि तीन महिने ‘ट्रेनिङ’ लिएर आफ्नै व्यवसाय संचालनमा ल्याएका थिए । विशेषगरि, विश्वमै पहिलो ट्रिलियन डलर कम्पनी ‘एप्पल’ का सामाग्री मर्मतकालागि उनले स्थापना गरेको ‘वि फिक्स इट’ ले ग्राहकको राम्रो प्रतिक्रिया पाईरहेको छ । वि फिक्स इट प्रति ग्राहकको विश्वास लोभलाग्दो छ । एप्पलको सामाग्री एक त महंगो छ । त्यसैमाथि, बिग्रीहालेमा कहाँ गएर मर्मत गर्ने भन्ने समस्या उत्तिकै छ । पार्टपुर्जा प्रतिस्थापन लगायत एप्पलको ‘प्रोडक्ट’ मर्मत गर्न धेरै मर्मत सेन्टरले सक्दैनन् । अर्थात्, सामान्य अरु कम्पनिको तुलनामा एप्पलको मोबाइल, ल्यापटप, आइप्याड जस्ता प्रोडक्टको मर्मत र प्रतिस्थापन जटिल हुन्छ । वि फिक्स इट मा भने एप्पलको जस्तोसुकै समस्याको समाधानकालागि पनि ज्याक तयार देखिन्छन् ।

दैनिक १० देखि १५ वटा प्रिमियम कम्पनिका मोबाइल, ल्यापटप लगायत एप्पलको विद्युतिय सामाग्री मर्मतकालागि ग्राहकहरु काठमाडौँको न्युरोडमा रहेको वि फिक्स इटको स्टोर पुग्ने गर्दछन् । झण्डै पाँच वर्ष अघि स्थापना गरेको रिपेरिङ सेन्टरप्रति ग्राहकको सन्तुष्टि लोभलाग्दो छ । चर्को मूल्य, पार्टपुर्जा परिवर्तन लगायत अन्य समस्याबाट ग्राहकहरु ‘रिपेरिङ सेन्टर’ मा आफ्नो सामान मर्मत गर्न दुविधामा पर्ने गर्दछन् । तर, वि फिक्स इट मा भने सामान लगेको केहि समयमै मर्मत गर्नुपर्ने पार्टस् र मूल्यका बारेमा ज्याकले ग्राहकलाई खुल्सत रुपमा बताउने गर्दछन् । उनी ग्राहकको समय र लागत शुल्कको बारेमा बढि केन्द्रित छन् । वि फिक्स इटमा पुगिसकेपछि ग्राहकले आफैँ आफ्नो सामानको समस्या पहिचान गर्ने वातावरण बन्छ । लागत र समय तोकिएपछि ग्राहकको सन्तुष्टि झनै बढ्छ । वि फिक्स इट मा सधैँ झैँ छिटो समयमा गुणस्तरीय मर्मत गरिने त्यहाँका ग्राहक बताउने गर्छन् । ग्राहकको सन्तुष्टिलाई मुख्य प्राथमिकतामा राखेर वि फिक्स इटले काम गर्दै आएको छ । त्यसैले त, ज्याकलाई काम गर्न भ्याइनभ्याई छ । विद्युतिय सामाग्री मर्मतकालागि ज्याकको लगाव, झुकाव, मिहिनेत र लगनशिलताले आज वि फिक्स इट प्रति ग्राहकको विश्वास बढेको छ । देश–विदेशबाट मर्मतकालागि मोबाइल, ल्यापटप लगायत विद्युतिय सामाग्री उनको स्टोरमा आइपुग्ने गर्दछ । २४ वर्षिया युवाको लगनशिलता र विश्वासीलो तरिकाले काम गर्ने शैलिले गर्दा आज मर्मतकालागि वि फिक्स इट मोबाइल मर्मतकालागि उचित गन्तव्य बनिरहेको छ ।

वि फिक्स इटको सामाजिक संजालमा सक्रियता पनि उत्तिकै छ । समाजिक संजालबाटै दैनिक ग्राहकहरुसँग ज्याक जोडिरहेका हुन्छन् । उनी ग्राहकहरुको प्रतिक्रिया फेसबुक, इन्स्टाग्राम लगायत सामाजिक संजालबाटै दिइरहेका हुन्छन् । मर्मतमात्र नभएर सामान्य सल्लाहसुझाव दिन पनि ज्याक झन्झट् मान्दैनन् । ग्राहकले आफैँले बनाउन सक्ने कामकालागि उनी आफ्नो स्टोरसम्म ग्राहकलाई डोराउन खोज्दैनन् । उनी भन्छन्, ‘ग्राहकको सेवा प्रति वि फिक्स इट समर्पित छ । कसैलाई दुख दिएर आफूलाई फाइदा पु¥याउने काम हामी गर्दनौँ ।’ आफ्नो भविष्यनै यहि क्षेत्रमा समर्पित गर्ने दिर्घकालिन सोच भएका कारण हरेक तबरबाट ग्राहकलाई सन्तुष्ट गराउन ज्याक लागिपरेका छन् । उनले एप्पल, स्यामसुङ लगायत प्रिमियम कम्पनिका मोबाइल, ल्यापट लगायत अन्य विद्युतिय सामाग्रीको मर्मतकालागि गुणस्तरीय काम गर्ने ठाउँमा पुग्न आग्रह गरे । उनले भने, ‘समस्याको समाधान एक न एक ठाउँबाट हुन्छनै हुन्छ । हामीसँग आईसकेपछि समस्याको समाधानसँगै ग्राहकहरु सन्तुष्ट भएर जानुहुन्छ ।’

गुणस्तरीय मर्मतकालागि वि फिक्स इट काठमाडौँकै एक उत्कृृष्ठ मर्मत सेन्टर रहेको त्यहाँ आएका ग्राहक मनोज बानियाँले बताए । उनले आफूलाई साथीले वि फिक्स इटको बारेमा जानकारी गराएको बताए । म्याकबुक ल्यापटपमा पानी पसेर बिग्रीएपछि आफू काठमाडौँको कोटेश्वरमा रहेको एक मर्मत सेन्टरमा पुगेको तर समस्याको समाधान भन्दा पनि उल्टै समस्या थपिएको उनले गुनासो गरे । ‘केहि बनाएनन्, उल्टै ब्याट्री फुलेर बिग्रीयो । स्क्रीयु पनि बिगारीदिए ।’ बानियाँले भने । उनले एप्पलको ग्याजेट बिग्रेपछि कहाँ बनाउने, विश्वासीलो र गुणस्तरीय काम कहाँ हुन्छ भनेर धेरै अलपत्र पर्ने गरेको सुनाए । उनले भने, ‘वि फिक्स इटले सामान्य तरिकाले समस्याको समाधान गरिदिएर मलाई राहत भएको छ ।’

बानिया जस्तै कयौँ ल्यापटप, मोबाइल लगायत एप्पलको ग्याजेट प्रयोगकर्ताहरु मर्मतकालागि भौतारीरहनुपरेको छ । नेपालमै केहि गर्छ भन्ने आँट बोकेर हिँडेका ज्याकको अथक मिहिनेतले गर्दा ग्राहकहरु वि फिक्स इटमा राम्रो काम हुन्छ भन्ने कुरामा विश्वसत छन् । ज्याकको काम गर्ने शैलिले आगामी दिनमा पक्कै पनि यस स्टोर नेपालकै नम्बर वान् मर्मत सेन्टर हुने देखिन्छ । २४ वर्षिया युवालाई आगामी दिनमा सफलता मिलोस् र अन्य युवाहरुलाई पनि ज्याक प्रेरणाको श्रोत बनुन्, शुभकामना !

प्रतिक्रिया