काठमाडौं, २५ भदौ - नेपाल राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी ड’लर एकको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७४ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २७ पैसा रहेको छ।
त्यसैगरि, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ ।
यसैगरि, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको छ ।
