बि.सं.२०७७ साल भदौ २५ गते बिहिबार ई. सं. २०२० सेप्टेम्बर १०, नेपाल सम्बत ११४० ञंलाथ्व अष्टमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण अष्टमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, वज्र योग, बालव करण ।
नेपालमा सूर्योदय बिहान ०५ः४७ बजे, सूर्यास्त साँझ ६ : १४ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन अष्ठमी श्रा’द्ध, जितिया पर्व र विश्व आत्महत्या रोकथाम दिवश परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४७ मिनेट देखि ७ बजेर २१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अन्नको पनि लाभ मिल्न सक्छ । आज तपाइको धन लाभको योग छ । पढाइमा प्रगती होला, साथै दिन खुशी साथ बित्ने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– धन कमाउने बाटाहरुको थालनी हुने दिन छ । सोचेका काममा सफलता पनि मिल्नेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ । परिवारमा खुशिको माहोल छाउनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– दैनिक प्रयोगको सामान बि’ग्रनाले अर्थ हा’नी हुन सक्छ । शरिरमा रो’ गले पनि सताउने दिन छ । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धो’का हुन सक्छ । टाढाको यात्रा आज नगर्नु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बा’धा बेहोर्नु पर्ला । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बि’ग्रन गइ मनमा चि’न्ता बढ्न सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– बन्द व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यमा कुनै समस्या देखिने छैन । पढाइमा सफलता मिल्ने दिन छ । कमाइ सोचे अनुरुप हुनेछ । पठन–पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन । आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । काममा जोश र जागँर बढ्ने देखिन्छ, दिन एकदमै राम्रो छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– हा’त ह’ति’यारबाट जो’गिएर काम गर्नुहोला । छर छिमेकसँग सामान्य म’न’मु’टाव पर्ने देखिन्छ । अ’ना’व’श्यक डर, वा’दवि’वाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला । कुसैसंग झ’गडा पनि हुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– आज तपाइको कुनै काममा झ’मेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा केही अ’ल्छीपन छाउनेछ । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ । ब्यापार तथा जागीरमा दिन ठिकै छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा भने मन नजाला । चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । यात्राको पनि योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– प्राय सबै कामहरू बन्नेछन्, काममा साथ सहयोग पनि पाइनेछ । आर्थिक लाभ हुने दिन छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– वैदेशिक कार्यमा असफलभै दुख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । साथै, परिवारमा पनि समस्या आउनेछ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ। हाल देशभर सामान्य देखि पुर्ण बदली भइ केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
आज दिउँसो :- देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मे’घगर्जन/च’ट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राती :- देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मे’ घगर्जन/च’ ट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भा’री वर्षाको सम्भावना रहेको छ ।