तपाईँ दिनमा कति घण्टा फेसबुक चलाउनुहुन्छ । धेरैको उत्तर हुनेछ अधिकांश समय । हामीसमय बिताउनकालागि फेसबुक चलाउँदै आएका छौँ । मनोरञ्जनकालागि होस् वा समय बिताउन हामी धेरै समय फेसबुकको प्रयोग गर्छौैँ । हामी फेसबुकबाटै पैसा कमाउन सकिन्छ भन्ने समाचारहरु देख्छौँ । धेरै जस्तो ती समाचारहरु अफवाह नै हुन्छ । अनि हामी फेसबुकबाट पैसा कमाउन गारो छ भन्ने मानसिकतामा पुग्छौँ । तर, सजिलै तरिकाले पनि फेसबुकबाट पैसा कमाउन सकिन्छ । जस्तै कि इन्स्ट्यान्ट आर्टिकल । यो एउटा फेसबुकको यस्तो प्यायटफर्म हो जहाँबाट तपाईँले सजिलै पैसा कमाउन सक्नुहुन्छ । तर, तपाईँहरुले एक/दुई वटा कुरामा ख्याल गर्नुपर्छ ।
फेसबुक इन्टयन्ट आर्टिकलबाट कसरी कमाउने
सर्वप्रथम त तपाईँसँग लेख्ने शैलि हुनुपर्छ । तपाईँले फेसबुकमा कहिलेकाँही मनका कुरा होस् वा केहि कुरा स्टयटसमा हाल्दा कतिजनाले पुरै पढ्छन्, थाहा छ । हो, तपाईँको मनको कुरा होस् वा भर्खरै घटेको घट्ना, कसैको बारेमा होस् वा आफ्नै बारेमा ती कुरा तपाईँले लेख्न सक्नुपर्छ । लेख्न सकेपछि फेसबुकमा पैसा कमाउन सकिन्छ ।
लेख्ने शैलिमात्र भएर पनि भएन । अब लेखेको कुरा कहाँ हाल्ने भन्ने कुरा आउँछ । त्यसैले तपाईँले उक्त कुरा वेभसाइटमा हाल्नुपर्छ । तपाईँले यो पढिरहेको समाचारबाट पनि हामीलाई पैसा आइरहेको छ । मतलब, हामीसँग वेबसाइट, पैसा कमाउनकालागि फेसबुकको इन्ट्यान्ट आर्टिकल, राम्रो कन्टेन्ट (जसलाई तपाईँ जस्ता भिजिटरले पढिरहनुभएको छ । यहि पढिरहनुभएको कुरालाई कन्टेन्ट भनिन्छ), यहि कुरा पोष्ट गर्ने ठाउँ (फेसबुक ग्रुप, फेसबुक पेज, तपार्इँले स्ट्याट्स हाल्ने ठाउँ) उपलब्ध छ । त्यसैले हामीलाई पैसा आईरहेको छ । अहिले पढिरहेको समाचारमा पनि बिचबिचमा विज्ञापन छन् । ती विज्ञापन वापत हामीलाई पैसा आउँछ । फेसबुकले नै इन्ट्यान्ट आर्टिकल जोडिसकेपछि विज्ञापन आफैँ हालिदिन्छ । यसको मतलब तपाईँले अरुलाई मनपर्ने कुरा लेख्न सक्नुहुन्छ भने इन्स्ट्यान्ट आर्टिकल तपाईँहरुकालागि पैसा कमाउने राम्रो अवसर बन्छ ।
तपाईँ खेल अत्याधिक मनपराउनुहुन्छ र खेलकुद हेर्नुहुन्छ , फिल्म हेर्नुहुन्छ, राजनिति बुझ्नुहुन्छ भने त्यस्कै बारेमा लेखेपनि फेसबुकले पैसा दिने गर्दछ । त्यसका लागि माथि उल्लेखित कुराहरु चाहिन्छ ।
तर, यदि तपाईँहरुसँग रमाईला कुराहरु छन्, अरुले पनि रुचाउन सक्ने समाचार लेख्नसक्नुहुन्छ तर वेबसाइट छैन, पोष्ट गर्नकालागि अन्य ग्रुप छैन भने हामीलाई सम्पर्क गर्नसक्नुहुन्छ । विस्तृत जानकारी चाहिएमा तल कमेन्ट गर्नसक्नुहुनेछ । हामी तपाईँको जिज्ञासाको उत्तर दिने प्रयत्न गर्छौँ ।