काठमाडौं, २३ भदाै - उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई दोहोर्याउने निष्कर्षमा पुगेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पुनर्नियुक्तिको लागि मन्त्री पुनले तयारी गरेका हुन् । पुनले बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकमा घिसिङलाई पुनर्नियुक्तिका लागि प्र स्ताव लैजाने तयारी गरेका छन् ।
घिसिङलाई कार्यकारी निर्देशकमा दोहोर्याउने विषयमा मन्त्री पुनले प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका दोस्रो व रीयताका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’सँग सोमबार बिहान परामर्श गरिसकेको मन्त्री पुनको निजी सचिवालयले जनाएको छ ।
ओली र दाहालसँग भेट गरेपछि मन्त्री पुन सोमबार गृहजिल्ला रोल्पा गएका छन् । उनी बुधबार काठमाडौं फर्किनेछन् ।
घिसिङको चार वर्षीय कार्यकाल भदौ २९ गते जाँदै छ । घिसिङले नेपाललाई लो ड से डिङ मु क्त बनाएको भन्दै प्र शंसा हुँदै आएको छ ।
घिसिङले नेपालमा ठूला जलविद्युतका संरचना बनाउन सकेका छैनन् । उनले भारतसँग म हँगोमा बिजुली किनेर ल्याएर लो डसे डिङ अन्त्य गरेको आरोप पनि छ ।