शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

रियालाई मिडियाकर्मीले दु र्व्यव हार गरेको भन्दै बलिउडका कलाकारको आ क्रोश

मंगलवार , भाद्र २३, २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आ त्मह त्यापछि बलिउडमा उ थल पुथल नै आएको छ । सुशान्तको मृ त्युपछि कलाकार तथा निर्देशक निर्मातालाई प्र हरी ब यान लिने काम गरिरहेको छ । रियाले सुशान्तको बारेमा आफ्नो ब यान दिनका लागि आइतबार एनसीबीको अफिस पुगेकी थिइन् । उनी त्यहाँ पुग्नासाथ रियालाई मिडियाका क्यामेराले घे रेका थिए । प्रहरीको सु रक्षा घेरमा रहदै एनसीबीको अपिस पुगेकी रियालाई सामाजिक दुरी कायम नगर्दै अ पमान गरेका थिए । मिडियाको भि ड छिचोल्दै उनलाई प्र हरीले एनसीबीको अफिस भित्र पुर्याएको थियो ।

उनी सामान्य तरिकाले एनसीबीको अपिस पुगेकी थिइन । उनको मिडियाकर्मीसँग ध क्कामु क्की हुदैँ त्यो भिड पार गरेकी थिइन् । जसको भिडियो सार्वजनिक भएपछि रियाको अ पमान भएको भन्दै बलिउडका कलाकारले मिडिया प्रति आ क्रोश पोखेका छन् ।

अभिनेत्री हुमा कुरेशीले रिया एक महिला भएको नाताले दुरी कायम नगरिएको भन्दै आ क्रोश पोखेकी छन् । उले सामाजिक सञ्जाल ट्वीटरमा त्यो भिड देखेपछि लेखेकी छन् – ‘हामीमा के स मस्या छ ? हामी यस्तो व्य वहार गर्न सक्दैनौं । पक्कै पनि वास्तविक कुरा बाहिर आउन आवश्यक छ । तर, रिया एक महिला भएको नाताले पनि उनलाई सामाजिक दुरीको अधिकार छ ।’

अर्का कलाकार परेश रावलले पनि मिडियाको विरोध गरेका छन् । उनले मिडियालाई भे डाको संज्ञा दिएका छन् । उनले ट्वीट गर्दै लेखेका छन् –‘मिडिया हुन् या भेडा ?’

केहि दिन देखि रियाको समर्थ गर्दै आइरहेकी अभिनेत्री तापसी पन्नुले एक मान्छेलाई आरोप लगाउनु कतिको जायज हो भन्ने प्रश्न गरेकी छन् । उनी लेख्छिन् –‘न्यायको नाममा मिडियाले एक व्यक्तिलाई दोषी सावित हुनु अगाडि नै उसको बाच्ने अधिकार ब ञ्चित गरिदिएका छन् । म इमान्दार भएर प्रार्थना गर्छु कि, कर्मले यी सबै मानिसहरुलाई पत्ता लगाएर उनीहरुसँग हिसाब लिनेछ । जो यती तल्लो स्तरमा गिरेका छन् ।’

अभिनेत्री दिया मिर्जाले पनि आ क्रोश व्यक्त गर्दै मिडियालाई गि द्ध भनेकी छिन् । उनले भारतिय मि डियाप्रति आ क्रोशित हुदै लेखेकी छन् –‘यो बिषयमा कानु नी रुपमा क दम उठाउन जरुरी छ । यो व्यवहार नि न्दनिय छ । रियालाई अफिस जानका लागि बाटो र सामाजिक दुरीको अधिकारी किन दिइएन ? मिडियाले गि द्धको जस्तो व्यवहार किन गरिरहेको छ । कृपया, उनलाई बाटो दिइयोस् । उनी र उनको परिवारमाथिको हमला बन्द गरियोस् ।’

एकपछि अर्को कलाकारले मिडियाले कलाकारको दु व्र्यवहार गरेको आरोप लगाएका छन् । सामाजिक दुरी कायम नगर्दै एक महिला कलाकारमाथी यति धेरै मिडिया जाइलाग्नु ठिक नभएको बताएका छन् । रियाको पक्षमा तापसी पन्नु पछि विद्या वालनले समर्थन जनाउँदै आएका छन् ।

प्रतिक्रिया