बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

डा.युवराज खतिवडा अब 'छायाँ अर्थमन्त्री'

सोमवार , भाद्र २२, २०७७

काठमाडौं, २२ भदौ - प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीसँगको छलफलका क्रममा निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडालाई नयाँ भू मिका दिने बताएसँगै नेकपाभित्र छा याँ अर्थमन्त्रीको ब हस सुरु भएको छ । प्रधानमन्त्री ओलीले खतिवडालाई आफ्नो आर्थिक सल्लाहकारको भूमिकामा राख्न खोजेका छन्, जसले अर्थमन्त्रालयको सञ्चालन गनेगरी जि म्मेवारी पाउने सम्भावना बलियो भएको छ ।

हिजो उद्योगी व्यवसायीसँगको छलफलका क्रममा ओलीले भनेका थिए, खतिवडाजीले अर्थतन्त्रका लागि निकै महत्वपूर्ण योगदान दिनुभएको छ, यस्तो ज टिल परिस्थितिमा पनि अर्थतन्त्रलाई न कारात्मक हुन दिनुभएन । अर्थमन्त्रीका रुपमा रहन नसके पनि उहाँ अब पनि देशको अर्थनीति र अर्थतन्त्रलाई सबल बनाउने भूमिकामै रहनुहुनेछ ।’

बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गर्न बाँकी राष्ट्रिय सभा सदस्य बनाउने बताएपछि खतिवडा ब र्हिगमनमा परेका थिए । उनी अर्थमन्त्रीबाट वि दा भइसकेका छन् ।

नेकपाको वि वाद स माधानका लागि गठन गरिएको महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन अनुसार अबको स्थायी कमिटीको २६ गते बस्ने बैठकपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने वा कम्तिमा ३ वटा मन्त्रालयमा नयाँ व्यक्तिलाई मन्त्री बनाउनु पर्ने बा ध्यता प्रधानमन्त्री ओलीसँग छ ।

उपाध्यक्ष गौतमले आफू उपप्रधानसहित अर्थमन्त्री हुने बताइसकेका छन् । त्यसैले प्रधानमन्त्री ओलीले अर्थमन्त्री दा वी गरेका गौतमलाई राष्ट्रिय सभामा लैजान ढि ला गरेर अर्थमन्त्री हुन न सक्ने संकेत गरेका छन् । तर, प्रधानमन्त्री ओलीले शुक्रबारको मन्त्रिपरिषद् बैठकमा पु नर्गठन नहुने बताएका थिए ।

अबको प्रमुख विकल्प छायाँ अर्थमन्त्री !

प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गर्नेगरी अर्थमन्त्री बनाउने तयारी गरेका छन्, जुनकुरा स्वभाविक मान्न सकिन्छ । उपाध्यक्ष गौतमलाई अर्थमन्त्री नबनाउने संकेत प्रधानमन्त्री ओलीले दिइसकेका छन् । प्रधानमन्त्रीले अहिले अर्थ मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन् ।

ओली निकट स्रोतका अनुसार प्रधानमन्त्रीको आर्थिक सल्लहकारको रुपमा खतिवडालाई नियुक्त गर्ने र खतिवडामार्फत आफैले अर्थ मन्त्रालय सञ्चालन गर्ने तयारी ओलीको छ । ती नेता भन्छन्, अब अर्थमन्त्री नयाँ हुने सम्भावना कम छ । प्रधानमन्त्रीसँग भएको अर्थ मन्त्रालय उहाँसँगै रहन्छ । छायाँ मन्त्रीकोरुपमा अब खतिवडाले मन्त्रालय सञ्चालन गर्नुहुन्छ । अर्को कोही व्यक्ति अर्थमन्त्री भए पनि नीतिगत निर्णय प्रधानमन्त्रीमार्फत खतिवडाले नै गर्ने देखिन्छ ।

प्रधानमन्त्रीको चाहना अनुसार वर्तमान अर्थमन्त्री डा.खतिवडाले निरन्तरता नपाएपछि आफू निकट भएको र अर्थमन्त्री बनिसकेको अनुभव भएका महासचिव पौडेल प्रधानमन्त्रीको पहिलो रोजाइमा पर्ने देखिन्छ । तर, नीतिगत निर्णय भने अर्थमन्त्री जो भएपनि अब खतिवडाको भूमिका छायाँमन्त्रीका रुपमा हुने एक सचिवालय सदस्यले बताएका छन् ।

प्रतिक्रिया