शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा नाटकीय रुपमा अपहरणको प्रचारवाजी गरेको नेकपाको आरोप

सोमवार , भाद्र १५, २०७७

सिन्धुली– सिन्धुलीको तीनपाटन गाउपालिका–८ बाहुनतिल्पुङको भिमसेन निमाविका प्रधानाध्यापक नारायण भण्डारी अ प ह र णको घट्नामा प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सामेबार विज्ञप्ति निकालेको छ । उक्त घट्नामा आठजना कार्यकर्ता पक्राउ परेपछि नाटकीय रुपमा अपहरणको प्रचारवाजी गरेको नेकपाले आरोप लगाएको छ ।

विज्ञप्ति निकाल्दै उक्त पार्टीले आफ्नो पार्टी विरोधी गतिविधि गरेको कारण एक व्यक्तिलाई स्थानिय जनता तथा कार्यकर्ताद्धारा साधारण सोधपुछ गरेको घट्नालाई अफवाह फैलाइएको बताएको छ । ‘पछिल्लो समय पार्टीको काममा रहेका नेकपा, सिन्धुलीका नेता कार्यकर्ता सेल्टरलिइ बसेको अवस्थामा केपी–बादल नेतृत्वको प्रशासनद्धारा क. एन आर एन लगायत युवा संगठनका अन्य ७ जना कमरेडहरुलाई तुरुन्त रिहाईको जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै, नेकपाले गिरफतारीको घोर भत्र्सना गर्दै सम्पूर्ण नेतालाई तुरुन्त रिहाईको जोडदार माग समेत गरेको छ । आफ्ना नेता, कार्यकर्तालाई रिहाई नगरे प्रतिरोध संघर्ष गर्ने चेतनावनी समेत नेकपाले दिएको छ ।

‘दलाल सरकारको प्रशासनद्धारा जनताको घर खानतलासी गर्ने, अनावश्यक दुख दिने र जनतालाई त्रसित बनाउने काम भइरहेको हुँदा त्यस्ता कार्य तुरुन्त बन्द गरी नागरिकको शान्तिपूर्ण बाँच्न पाउने अधिकारको ग्यारेन्टीको जोडदार माग गर्दछौँ । साथै हाम्रो पार्टी विरुद्ध षड्यन्त्रपूर्णरुपमा चलाइएको गलत प्रचारबाजीको पछाडी नलाग्न र सचेत रहन हुन देशभक्त आम जनसमुदाय, बुद्धिजिवि लगायत सबैमा विशेष अपिल गर्दछौँ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रसिद्धद्धारा जारी विज्ञप्तिमा ‘द ला ल, भ्रष्ट, सुदखोरी, कालाबजारी, कमिसनखोर लगायतका विरुद्ध गरेको संघर्षका कारण दलाल सरकार हाम्रो पार्टीलाई दमन गर्न अग्रसर देखिन्छ ।’ उल्लेख गरिएको छ ।

प्रतिक्रिया