७ प्रहरिमा कोरोना संक्रमण
सिन्धुलीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो चरण सुरु भएको छ । विदेशबाट आएका व्यक्तिमा मात्र सीमित संक्रमण पहिलो चरण हो । ती व्यक्तिले आफ्नो परिवारमा संक्रमण गराएपछि दोस्रो चरण सुरु हुन्छ । अनि समुदायबाट समुदायमा संक्रमण तेस्रो चरण हो भने म हा मारीको अवस्था चौथो चरण । सिन्धुलीमा समुदायस्तरमा कोरोना देखिनु ख त राको संकेत हो । अझै पनि स चेतना नअपआउने र सटडाउनलाई कडिकडाउ नतुल्याउने हो भने तेस्रो चरण (समुदायदेखि समुदायसम्म) को संक्रमण सुरु हुनेछ ।
आज सिन्धुलीमा सातजना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ७ जनामा कोरोना पोजिटिभ देखिएको छ । १२ जनाको स्वाव संकलन गरेर धुलिखेल पठाएकोमा ७ जनाको रिपोर्ट पोजिटिभ आएको हो । २ नम्बर प्रदेशबाट भर्खरै सरुवा आएका प्रहरीहरुमा कोरोना देखिएको हो । उनीहरुको दुई हप्ता अगाडि जिल्ला प्रहरी कार्यालय भित्रकै क्वारेन्टाइनमा राखिएको थियो ।
सिन्धुलीमा पहिलो पटक यति धेरै सुरक्षाकर्मीमा एकैपटक कोरोना पोजिटिभ देखिएको हो ।
बाबुछोरामा फेरि देखियो कोरोना
पहिलो पटक कोरोना संक्रमण देखिएर आईशोलेसनमा रहेका तीनजनामा पुनः कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । ९ वर्षिया बालक, ३३ वर्षिया पुरुष र ५६ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको हो । पुनः कोरोना पोजिटिभ देखिएका सहित १० जनानै कमलामाई नगरपालिकामा बस्दै आएका थिए ।
केहि संक्रमितलाई देखियो लक्षण
हाल आईशोलेसनमा रहेका केहि संक्रमितमा ज्वरो आउने, टाउको दुख्ने, डाइरिया हुने लक्षण देखिएको थियो । तर, अन्य संक्रमितमा भने कुनै पनि लक्षण देखिएको छैन ।