काठमाडौँ, १० भदौ - प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच ‘मिलाप’ भएपछि मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य सुरु भएको छ । ६ सदस्यीय कार्यदलले बनाएको प्रतिवेदनमा सामान्य सुधार गरी सचिवालय र स्थायी समितिबाट पारित भएलगत्तै सरकारमा परिवर्तन हुने बताइएको छ ।
काम नभएको भन्दै प्रधानमन्त्री केपी ओलीको पार्टीभित्रबाट व्यापक आ लोचना हुँदै आएको भए पनि ओलीलाई मन्त्रीमण्डल बनाउने पूर्ण अधिकार यसअघि पनि दिइएको थिएन र, यसपाली पनि भा ग ब ण्डाकै आधारमा पुनर्गठन गर्नुपर्ने बा ध्यता ओलीलाई आइपरेको छ । सबै मन्त्रीहरूलाई राजीनामा गराएर मन्त्रीमण्डल बनाउने या पुनर्गठन गरी केहीलाई यथावत राखेर अन्यलाई हटाउने भन्ने टुङ्गिएको छैन ।
नेपालको इतिहासकै सबैभन्दा अ सफल र अ लोकप्रिय मानिने अर्थमन्त्री युवराज खतिवडाले यही महिनाको तेस्रो साताबाट बिदा पाउँदैछन् । गत फागुनमा आफूमाथि लागेको आरोपबारे छानवीन होस् भन्दै गोकुलप्रसाद बास्कोटाले रा जीनामा दिएपछि रिक्त रहेको उक्त मन्त्रालयको जिम्मा पनि युवराजलाई नै लगाइएको थियो । मन्त्रीमण्डलमा नि रन्तरताको निम्ति गरेको अथक प्रयास सफल हुन नसकेपछि खतिवडाले बिदा पाउने निश्चित भएको हो।
त्यस्तै, रिक्त रहेको शहरी विकाश मन्त्रालयको सञ्चालन भौतिक विकासमन्त्री वसन्त नेम्वाङले सम्हाल्दै आएका छन् । अब पुनर्गठन हुँदा अर्थमन्त्रीमा सुरेन्द्र पाण्डे र विष्णु पौडेलमध्ये एकको चयन हुने बुझिएको छ। यसअघि बामदेव गौतमलाई समेत उक्त जिम्मेवारीका लागि प्रस्ताव भएको बुझिन आएको थियो । अब बामदेव पत्नीलाई सरकारमा राख्न कतिपयले प्रधानमन्त्रीलाई सुझाएका छन् ।सरकारबाट युवराज खतिवडासँगै प्रदीप ज्ञवाली, वर्षमान पुन, बिना मगर, शक्ति बस्नेत, जगतबहादुर विश्वकर्मा, योगेश भट्टराई, घनश्याम भुसाल, पद्मा अर्याल, पार्वत गुरुङ र गिरिराजमणि पोखरेललगायतलाई बिदा गर्ने मा नसिकता नेतृत्वले बनाएको जानकारीमा आएको छ ।
ईश्वर पोखरेललाई समेत हटाउने कुरा उठे पनि उनी सचिवालय सदस्य रहेकोले रामबहादुर थापा बादलझैँ यथावत राखिन सक्ने सम्भावना बढी देखिएको छ । तर पोखरेलले निरन्तरता पाए पनि विभाग परिवर्तन भने हुन सक्ने छ ।मन्त्रिमण्डलमा सुरेन्द्र पाण्डे, जनार्दन शर्मा प्रभाकर, टोपबहादुर रायमाझी, भीम रावल, प्रभु साह, महेश बस्नेतलगायतले प्रवेश पाउने बालुवाटार सूत्रले जनाएको छ । प्राप्त जानकारीअनुसार प्रचण्ड लेखराज भट्टलाई पनि मन्त्रीमण्डलबाट बिदा गराउन चाहन्छन् । त्यस्तै, रामबहादुर थापाको ठाउँमा जनार्दन शर्मालाई ल्याउने प्रचण्डको चाहना भएको बताइन्छ । सकेसम्म टोपबहादुर रायमाझीलाई मन्त्री बन्न नदिने सोच पनि प्रचण्डले बनाएका बुझिएको छ।