शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आज भदौ ९ गते मंगलबारको राशिफल र मौसम

मंगलवार , भाद्र ९, २०७७

बि.सं.२०७७ साल भदौ ९ गते मंगलबार ई. सं. २०२० अगस्त २५, नेपाल सम्बत ११४० ञंलाथ्व सप्तमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल सप्तमी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, एन्द्र योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः४० बजे, सूर्यास्त साँझ ६ : ३२ बजे हुनेछ ।

आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ३० मिनेट देखि १ बजेर ४३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– समय महत्वपुर्ण ढंगले ब्यतित रहनेछ । प्रियजनहरु सँगको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । यात्रा मनोरञ्जन पुर्ण ब्यतित रहनेछ । मित्रजनहरुको साथ सहयोगमा आम्दानीका श्रोतहरु सवल बन्नेछन । पारीवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– मान्यजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । ब्यापार ब्यवसायमा बिशेष लाभ प्राप्त हुने समय रहकोछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । आम्दानिका श्रोतहरु सवल तुल्याउन आफ्नोकला कौशलको प्रयोग गर्नु पर्ने समय रहेकोछ । सन्तान सुख प्राप्त रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– कार्यक्षेत्रमा बिभिन्न अवसरहरु प्राप्त रहनेछन । पुराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित तुल्याउनेछ । अधुराकार्यहरु सम्पादन गर्न समय उत्तम रहनेछ । बल तथा प्रराक्रमका क्षेत्रबाट समेत पुराना लगानि उठाउन सकिनेछ । यात्राक्षेत्रमा भने सामान्य तनाबको सामना गर्नु पर्न सक्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । यद्यपि देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आफन्तजनहरु सगँको सम्वन्धमा तनाब सृजनाहुन सक्नेछ । कार्यक्षेत्रमा भएको त्रुटिको कारण अरुबाट अपहेलित भएको महसुस रहनेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु राम्रो रहनेछ । समय अनुरुप चल्न नसकेको अनुभुतिभने मनमा खट्कीनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :–मान्यजनहरु सगँको सम्बन्धमा प्रगाढता छाउनेछ । भौतिक साधनको प्रयनेगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा लगाईएको लगनसिलताको कदर रहने समय रहेकोछ । मातृपक्षको स्वास्थमा सामान्य तनाब उत्पन्न हुनाले मनमा सामान्य चिन्ताले सताउन सक्ने समय रहेकोछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । मातापिता वा कुनै मान्यजनको सेवासुश्रुषाका लागि खट्ने परिस्थिति छ । पेसा वा व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन नदिनु होला, नत्र सानो त्रटिका कारण काम बिग्रन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– नजिकका ब्यत्तिहरुबाट धोका हुनाले तपाइका गुह्यकुराहरु अरु सामु प्रस्फुटित हुनेछन । ब्यपार ब्यवसायमा अधिक लगानि नगरैकै बेस रहनेछ । आफ्नो सामान्य लापरवाहिले तपाईका माल सामानहरु गुम्न सक्ने सम्भाबना रहेकोछ । यात्राका कारण सामान्य चोटपटकाको सामना गर्नु पर्ला ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

 

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार हाल उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडि वाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको छ।हाल देश भर सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो :- देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मे घगर्जन/च ट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राती :- देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मे घगर्जन/च ट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया