काठमाडौं, ६ भदौ – करिब दुई वर्ष अगाडि भारतीय हास्यकलाकार कपिल शर्माले काठमाडौंमा एउटा स्टेज शो गर्ने कार्यक्रम बनेको थियो । त्यसमा नेपालबाट जितु नेपाल र विल्सनविक्रम राईले पनि प र्फम गर्ने वाला थिए । तर, सु रक्षा कारण देखाएर शो र द्द गरियो ।
शो र द्द भए पनि आयोजकले कपिल शर्माको टिमलाई काठमाडौं ल्यायो । पत्रकार सम्मेलन आयोजना गरियो । त्यो पत्रकार सम्मेलनमा जितु र विल्सनलाई पनि बो लाइएको थियो । विल्सन आ एनन्, तर जितु आए ।
‘कपिल शर्मा आफूलाई मन पर्ने कलाकार पनि भएकाले उ त्साहित भएर गएको थिएँ । तर त्यहाँ मलाई गरिएको उ पेक्षा र ति रस्कारले जी वनमा कहिल्यै न गरेको अ पमान वो ध गरेँ,’ जितु आज भन्दैछन् ।
भयो के त ?
याक एन्ड यति होटलमा जितु पुग्दा पत्रकारहरु ख चा ख च थिए । आयोजक संस्थाका कर्मचारीहरु पनि ठूलै संख्यामा थिए । सबैलाई कपिल शर्मा र उनको टीमको व्य ग्र प्रतिक्षा थियो । तर, कपिल शर्माको भने प त्तो अ त्तो थिएन । जितुले चि नजानका केही पत्रकारलाई हाई-हेल्लो गरे र उनीहरुसँगै मि सिएर बसे । आयोजकले उनलाई खासै ध्या न दिएनन् ।
यता, सबैलाई प र्खाएर कपिल शर्मा भने होटलको कोठाभित्र आरामले सुतिरहेका रहेछन् । एक घन्टा पछि आयोजकका एक जनाले कपिल शर्मा ओछ्यानबाट उठेर बा थरुम पसेको सूचना ल्याए । त्यसपछि पत्रकारहरु सजग भएर आआफ्नो कुर्सीमा बसे । कपिल बस्ने लहरमा सबैभन्दा छेउमा टु सुक्क बसे जितु ।

त्यसको आधाघन्टापछि दुई अतिथिको प्रवेश भयो । तर, कपिल शर्मा नभएर उनको कमेडी शोमा दा दी र नो कर बनेर अभिनय गर्ने कलाकारहरु थिए । पत्रकारहरु उ त्साहित बनेर उनीहरुलाई नै प्रश्न गर्न थाले । जितु पत्रकार र भारतीय कलाकारको सवालजवाफ सुनिरहे ।
त्यसको करिब आधा घन्टापछि कपिल शर्माको आगमन भयो । त्यतिञ्जेल दादी र नो कर हिँडिसकेका थिए । जितु त्यहीँ थिए । उनी भर्खर नि द्राबाट व्यूँ झेको मुद्रामा थिए ।
उनी जितुकै छेउमा बसे । आफू करिब दुई घन्टा ढि ला भएकोमा मा फीसम्म मागेनन् । स वाल ज वाफ सुरु भयो । पत्रकारले अंग्रेजीमा सोधेको प्रश्नको हिन्दीमा कपिलले जवाफ दिए ।
करिब ४५ मिनेट प्रश्नोत्तर चल्यो । कपिल शर्मा उठे । पत्रकारहरु पनि ज र्याक-जुरु क उठे । जितु पनि उ ठे । उक्त पत्रकार सम्मेलनमा जितुले निकै न मिठो अ नुभुति गरेका रहेछन् । उनी फ्ल्या सब्याकमा पुग्दै भन्छन्, ‘वास्तवमा म आफू नेपालमा जन्मेकोमा सँधै गौरव गर्छु । तर, त्यसदिन ग्ला नी म हसुस गर्ने अ वस्था आयो । भारतीय कलाकारको हा ई-हा ई भयो, मलाई कसैले पु छ्दा पनि पुछेनन् । म का र्टुन भएँ ।’
मैले सोचेको थिएँ, पत्रकारले मलाई पनि केही प्रश्न सोध्लान् । तर कपिल शर्माका लागि दुई घन्टा प्रतिक्षा गर्दा मिडियाले मलाई भने बा ल दिएनन् । म आफूलाई एकदमै नि रिह सम्झेर चु पचाप बसिरहेँ । धेरैपटक त्यहाँबाट उ ठेर हिँ डौं जस्तो नभएको होइन । तर, एउटा कलाकार हुनुको म र्यादाले त्यसो गर्न दिएन ।