सिन्धुली,५ भदौ – हिन्दु महिलाहरुको मु ख्य पर्ब हरितालिका तीजमा सँधै भि डभा ड हुने सिन्धुलीका शिबालयहरु यो बर्ष निकै सु नसा न बनेका छन् ।
विश्वभरी म हामा रीका रुपमा फै लिएको को रोना भा ईरस सं क्रमणको बढ्दो जो खिमका कारण जिल्ला प्रशासन कार्यालयले तीजमा भे ला हुन र ना चगान गर्न रो क लगाएसँगै सिन्धुलीको सदरमुकामस्थित कालीमाई मन्दिर, शिब मन्दिर, कि राँतेश्वर मन्दिर, कुशेश्वर म हादेव मन्दिर लगायतका शिबालय सु नसा न बनेका हुन् ।
कोरोनाको भा इरसको सं क्रमणबाट बच्न स्थानीय प्रशासनले रो क न लगाएको भए शुक्रबार बिहानैदेखि सिन्धुलीका शिबालय मन्दिरहरुमा तीजका वर्तालु लाखौँ म हिलाको भी ड हुन्थ्यो । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान शि वालय लगायतका मन्दिरमा बर्तालु महिला पूजा आ राधना गर्न पुग्थे । यस वर्ष कोरोनाको म हामा रीका कारण शिबालय मन्दिर क्षेत्र सु नसा न छ ।
कमलामाई नगरपालिका–४ मल्लागाँउ निवासी बिष्णु चौलागाई यो बर्ष कोरोनाको क हरका कारण घरमै बसेर तीज मनाएको बताउनुहुन्छ । “कोरोनाको क हरले भेला भएर रमाईलो गरी तीज मनाउने अ वस्था छै न । पहिले आफु बाँ चे तीज त अर्को साल पनि आउछ, रमाईलोसँग मनाउला,” उहाँले भन्नुभयो । बिगतका बर्षमा रातो पहिरनमा सँजिएर तीजका दिन बिहानै देखि पूजाआरधनाका लागि शिबालय जान महिलाको ल र्को लाग्ने बाटो समेत यो बर्ष सु नसा न बनेको उहाँको अनुभव छ ।

सिन्धुलीमाढीका ८५ वर्षीय वृ द्ध रामबहादुर कार्की आफ्नो जीवनकालमा पहिलोपटक तीजको व्रतका दिन सु नसा न देखेको बताउनुहुन्छ । कोरोनाबाट ब च्न सिन्धुलीका नौ वटै स्थानीय तहले यतिखेर श टडाउन जारी गरिएकाले यस वर्ष तीजका बर्तालुले घर घरमै देवादिदेव म हादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाएका छन् । आजका दिन सक्नेले निराहार, न सक्नेले जलाहार र त्यो पनि नसक्ने फलाहार व्रत बस्ने गरेका छन् । प्रायःजसो ब र्तालु महिला नै हुने स्थानीयको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उपेन्द्र न्यौपानेले कोराना भा ईरस सं क्रमणको जाखिमले जिल्लाका सबै शिबालय, मठमन्दिरमा भे ला भएर नाचगान गरी तीज मनाउन रो क लगाएको बताउनुभयो । उहाँले सु रक्षित भएर घरभित्रै बसेर तीन मनाउन आग्रह समेत गर्नुभयो ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री म हादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी म हादेवलाई पतिका रुपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा ह रण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीम हादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
बर्तालुले बिहीबार राति दर खाएर व्रतका लागि शक्ति सञ्चय गरेका थिए । आज नि राहार व्रत बसी म हादेवको पूजा आराधना गरिन्छ । भाद्र शुक्ल चौँथीका दिन तीज व्रत समापनका लागि गोदान, पूर्णपात्र गरी गणेश चतुर्थीका अवसरमा विघ्न विनाशक गणेशको पूजा आराधना हुन्छ । आइतबार अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरेपछि चार दिने तीज पर्व स माप्त हुन्छ ।