सिन्धुलीको कमलामाई नगरपालिकालाई एक सातकालागि ब न्द गरिएको छ । अ त्यावश्यक सेवा बाहेक अन्य सेवा ब न्द गर्दै नगरपालिकाले सा वधानि अपनाउने निर्णय गरेको छ । योसँगै आजबाट नगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय, वित्तिय संस्था, सवारीसाधन चल्ने छैनन् । कोरोना सं क्रमण बढेसँगै कनपाले गरेको निर्णय स्वागतयोग्य छ । तर, एक साताको ब न्द कुन प्रयोजनकालागि उपयोग हुन्छ भन्ने शंका नागरिक तथा सरोकारवाला निकायले गरेका छन् । देशभर ल कडाउन हुँदा सिन्धुलीमा ल कडाउनको मोडालिटि हलुका थियो । केहि दिनकालागि क डा गरिएतापनि जनजिवन पुनः पहिलेको अवस्थामानै रहेको थियो । अहिले नगरपालिकाले एकसाताकालागि ल कडाउन गरेपछि पहिलेकै हालत हुने हो कि भन्ने चि न्ता सरोकारवाला निकायले गरेको अवस्था छ । तसर्थ, कमलामाई नगरपालिकाले एक साताकालागि गरेको ब न्द कोरोना वि रुद्धको कडा कदम बन्नुपर्दछ । यसकालागि नगरपालिकाले सम्पूर्ण क्षेत्र स्यानिटाइज गर्ने, स्थानिय स्तरमा कोरोनाका बारेमा चेतना फैलाउने तथा कडाईकासाथ ल कडाउन गर्नतर्फ केन्द्रित हुनुपर्छ । जिल्लामा रहेको अन्य सरकारी संघसंस्थाले पनि नगरपालिकासँग सहकार्य गर्दै कसरी नगरलाई सु रक्षित बनाउने भन्नेतर्फ विशेष जोड दिन आवश्यक छ । अहिलेको अवस्थामा कोरोना सं क्रमित बढिहाले के कसरी व्यवस्थापन गर्ने, समुदायस्तरमा पीसिआर परिक्षणको दायरा कसरी बढाउने, आवश्यक सावधानि अपनाउन स्थानिय स्तरमा कसरी अघि बढ्ने भन्नेतर्फ सम्बन्धित निकायले प्राथमिकता दिनुपर्दछ ।
देशभर कोरोना सं क्रमितको संख्या बढिरहेको अवस्था छ । केहि स्थानिय तहले केन्द्र र प्रदेशसँग जोडबल गर्दै पिसिआरको दायरा बढाएका छन् । यता, सिन्धुलीमा भने निकै नै कम व्यक्तिको परिक्षण भएको छ । अझ भन्ने हो भने जिल्लामा प्रभाव पार्ने व्यक्तिहरुको आफन्त तथा नजिकका नातेदारहरुको परिक्षण हुँदा क्वारेन्टिनमा बसेका व्यक्तिहरुको परिक्षण हुन सकेको छैन् । यस्तो अवस्थामा जिल्लामा कस्ता व्यक्तिको कोरोना परिक्षण गर्ने भन्ने मापदण्ड बनाउन आवश्यक छ । त्यसैगरि, कमलामाई नगरपालिकाले के कसरी परिक्षणको दायरा बढाउने भनेर प्रदेश र केन्द्रमा पनि पहल गर्न जरुरी छ । अतः एक साताको बन्दले कोरोनावि रुद्ध ल ड्ने तयारी सिर्जना होस्, शुभकामना!