बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

सत्तारुढ नेकपा फु टको सं घारमा

मंगलवार , श्रावण १३, २०७७

काठमाडौं १३ साउन – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षसहितका नेताबीचको सत्ता सं घर्षले च रम रुप लिँदै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई थाहै नदिई ए कलौटी रुपमा मंगलबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थ गित गरेपछि अहिले दुबै गूट आन्तरिक छलफलमा छन् । स्थायी कमिटी बैठकका लागि नेताहरु बालुवाटार पुगिसकेका समयमा एकाएक ओलीले बैठक स्थ गित गरिदिएपछि क्रू द्ध बनेका दाहाल, माधव नेपाललगायतका नेताले बालुवाटारमै आन्तरिक छलफल गर्नुभएको छ ।

ओलीको अनुपस्थितिमै भए पनि स्थायी कमिटी बैठक गर्नुपर्ने पक्षमा दाहाल–नेपालका अ धिकांश नेता रहेका छन् । औपचारिक रुप नदिएपनि अ नौपचारिक रुपमा स्थायी कमिटीका सदस्यहरु छलफलमा जुटेका छन् । ओली पक्ष पनि प्रधानमन्त्री निवासभित्रै दाहाल–नेपालले स्थायी कमिटी बैठक चलाएका त्यसको प्रतिकारको रणनीति बनाउन गू ट छलफलमा जुटेका छन् । ओलीनिकट संसदीय दलका उपनेता सुवास नेम्बाङले भने स्थायी कमिटी बैठक औ पचारिक रुपमा स्थगन भइसकेकाले दाहाल–नेपालले बैठक चलाउन नसक्ने प्रतिक्रिया दिनुभएको छ ।

दाहाल–नेपालले खुमलटारमा गर्ने गरेको बैठक बालुवाटारमा हुने बाहेक उहाँहरुले अरु केही गर्न नसक्ने उहाँको भनाइ छ । यसैबीच नेकपामा बामदेव गौतमले गूट बदलेका छन् । दाहाल–नेपाल गूटमा रहेका गौतमले ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री र अर्को महाधिवेशनसम्म अध्यक्षनै रहने गरी जानुपर्ने भन्दै प्रस्ताव सार्वजनिक गर्नुभएको छ । पटक पटक गूट अदल बदल गरिरहनु हुने गौतमले फेरि आफ्ना धारणा परिवर्तन गर्दै ओली गू टतिर ल हसिनु भएको नेकपाकै एक नेताले टिप्पणी गरे । यसअघि ओलीले मंगलबार ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक अ निश्चित समयका लागि स्थगित गरिदिनुभएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच छलफल र परामर्श हुन नसकेकाले बैठक स्थगित गरिएको जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया