बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

प्रधानमन्त्री वि रुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

शुक्रवार , श्रावण २, २०७७

काठमाडौं,२ साउन – सत्तारुढ दल नेकपाभित्रको वि वाद च र्किँदै जाँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकट सांसदलाई तीन वटा फरक–फरक खाली पानामा हस्ताक्षर गराउनु भएको छ । अघिल्लो साता प्रचण्डले आफू निकट सांसदलाई बोलाएर तीन वटा खाली पानामा हस्ताक्षर गराउनु भएको हो ।

प्रचण्डले तीन वटा खाली पानामा हस्ताक्षर गर्न भनेपछि केही सांसदले खाली पानामा किन हस्ताक्षर गराउनु भएको भन्ने प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले एउटा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन, दोस्रो संसद अधिवेशन आह्वान गर्न र तेस्रो राष्ट्रपतिसँग सम्बन्धित विषय रहेको बताएको स्रोतले जनाएको छ ।

प्रचण्डले हस्ताक्षर गर्न भन्दै सरकारमा सहभागी मन्त्रीलाई पनि खाली पाना पठाउनु भएको थियो । मन्त्रीकहाँ हस्ताक्षर गर्न भन्दै खाली पाना पुगेपछि पूर्वमाओवादी कोटाबाट मन्त्री बनेकाले प्रचण्डलाई फोन गरेर हस्ताक्षरको विषयमा जिज्ञासा राखेको र जवाफमा प्रचण्डले हस्तक्षर गर्न आग्रह गरेपछि उहाँहरुले हस्तक्षर गर्नु भएको थियो ।

नेकपाको जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने अडान लिएपछि अध्यक्ष दाहाल र नेपाल समूहले आफू पक्षधर सांसदलाई बोलाएर तीन वटा खाली पानामा हस्ताक्षर गर्न लगाएका. हो ।

नेकपा प्रमुख सचेतक देव गुरुङले अध्यक्ष प्रचण्ड र माधव नेपालले नै खाली पानाको सही गराएको आफूलाई जानकारी नभएको बताउनु भयो । यद्यपि उहाँले यसअघि केही सांसदहरुले पार्टी विभाजन हुन नदिन भन्दै हस्ताक्षर गरेको सुनाउनु भयो । स्रोतका अनुसार हालसम्म १०७ जनाले हस्ताक्षर गरिसकेका छन ।

“केही समय अगाडि केही सांसदहरुले पार्टी एकता बलियो बनाउन हस्ताक्षर गर्नु भएको थियो, अहिले त्यो अभियान कहाँ पुग्यो थाहा छैन, केन्द्रीय सदस्यहरुले पनि केन्द्रीय समितिको बैठक बोलाउन हस्ताक्षर संकलन गरेको भन्नु सुनेको छु,” गुरुङले भन्नु भयो , “तर अध्यक्ष र वरिष्ठ नेताले नै सांसदहरुको हस्ताक्षर संकलन गरेको मेरो जानकारीमा छैन ।”

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पनि दाहाल र नेपालले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेका थिए। तर उक्त आग्रहलाई प्रधानमन्त्री ओलीले ठाडै अस्वीकार गर्नु भएको थियो । प्रचण्डसँगै माधव नेपाल पक्षधरले पनि आफू निकट सांसदलाई तीनवटा खाली पानामा हस्ताक्षर गर्न लगाउन थालेका छन् ।

प्रचण्ड र नेपाल पक्षधरले ओलीले सहज रुपमा राजीनामा नदिए संसदको विशेष अधिवेशन आह्वान गरेर अविश्वासको प्रस्ताव ल्याउने तयारी स्वरुप खाली पानामा सांसदहरुको हस्ताक्षर गराएका हुन् ।

प्रतिक्रिया