सिन्धुली,३१ असार – सिन्धुली जिल्लामा थप एक जनामा कोरोना सं क्रमण पुष्टि भएको छ ।
प्रादेशिक प्रयोगशाला हेटौंडामा गरिएको स्वाब परिक्षणमा मरिण गाँउपालिका–२ निवासी २८ बर्षिय एक पुरुषमा मंगलबार रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालय प्रमुख जितेन्द्र साहका अनुसार चार दिनअघि मरिण गाँउपालिकाका ११ जनाको स्वाब संकलन गरी पठाएकोमा एक जनाको रिपोर्ट पोजिटिभ र बाँकीको निगेटिभ आएको हो । कोरोना सं क्रमित ती व्यक्ति असार १९ गते साउदीबाट सिन्धुली आई मरिण गाउँपालिकाको कपिलाकोटमा रहेको मरिण बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेका थिए ।
सं क्रमित ती व्यक्तिलाई अहिले उपचारका लागि सिन्धुली अस्पताल ल्याईदै गरिएको उहाँले बताउनुभयो । उनको स्वास्थ्य अवस्था सामान्य रहेकोे जनाइएको छ । स्वास्थ्य कार्यालय अनुसार यो सहित सिन्धुली जिल्लामा कोभिड–१९ सं क्रमित व्यक्तिको संख्या ११ पुगेको छ ।
अस्पतालका अनुसार यो सहित सिन्धुली अस्पतालमा उपचार गरिरहेका कोरोना सं क्रमित व्यक्ति चार जना पुग्ने छन् । कमलामाइ नगरपालिका–८ निवासी ३३ वर्षका पुरुष, दुधौली नगरपालिका–८ का एक पुरुष र दुधौली नगरपालिका–३ झुगा निवासी २२ बर्षिय एक पुरुष उपचार गरि रहेका छन् । सं क्रमित मध्ये सिन्धुली अस्पतालको आईसोलेसनमा उपचार गराएका सात जना उपचारपछि सञ्चो भएर घर फर्किसकेका छन ।