शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा थप दुईजनामा को रोना संक्र म ण भएको अध्यक्षको पुष्टि

शुक्रवार , जेठ २३, २०७७

सिन्धुली,२३ जेठ – सिन्धुलीमा थप दुईजनामा को रोना भा इरस (को भिड–१९) सं क्रमण देखिएको सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले पुष्टि गर्नुभएको छ । कमलामाई नगरपालिका ११ का १७ वर्षिया र तिनपाटन गाउँपालिकाको २५ वर्षिया पुरुषमा कोरोना सं क्रमण देखिएको उहाँले जानकारी दिनुभएको छ । उहाँले सामाजिक विकास मन्त्रालयबाट उक्त सूचना पाएको जानकारी दिनुभयो ।

यता, सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेशले भने कुनै पनि सूचना प्रकाशित गरेको छैन । त्यसैगरि, प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र शाहले भने आधिकारीक सूचना नआएको र अध्यक्षले गरेको पुष्टि आधिकारीक भए/नभएको आफूलाई जानकारी नभएको सिन्धुली सौगातलाई बताउनुभएको छ ।

यसअघि सिन्धुलीको कमलामाई नगरपालिका–१४ स्थित चन्दनपुर मावि क्वारेन्टीनमा बस्दै आएका २३ बर्षिय एक पुरुषमा कोरोना स क्रमण देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भारतबाट आई उक्त क्वा रेन्टीनमा बस्दै आएका ती व्यक्तिको बुधबार बाग्मती प्रादेशीक अस्पताल हेटौंडामा पि सिआर विधिबाट स्वाब परिक्षणका क्रममा नतिजा कोरोना पोजेटिभ आएको हो । हाल उनलाई सिन्धुली अस्पतालमा ल्याएर उपचार गरिदैँ छ ।

प्रतिक्रिया