सिन्धुली, १ जेठ – सिमा क्षेत्रका जिल्लामा कोरोना भा ईरस सं क्रमणका बिरामी बढेसँगै सिन्धुली जिल्लाका बासिन्दाले व्यक्तिगत सु रक्षालाई ध्यान दिन थालेका छन् ।
सदरमुकाम सिन्धुलीमाढीका चोकहरु, सडक र चिया पसलमा अघिपछिका दिनमा मानिसहरुको हुने बाक्लो उपस्थिती बिहिबार भने निकै पातलो देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।

उनीहरुका अनुसार कमलामाई नगरपालिका–९ भिमान बजारमा बुधबार कोरोना सं क्रमित एक स्टाफ नर्सले खाना खाएको घर सहित चार घरमा जिल्ला प्रशासन कार्यालयले २१ दिनका सिल गरेसँगै स्थानीय बासिन्दाले व्यक्तिगत सु रक्षालाई ध्यान दिन थालेका हुन् ।
भिमान बजारमा चार वटा घर सिल गरेसँगै स्थानीयमा त्रास बढेको छ । अहिले भिमान बजार अघोषित क फ्र्यु जस्तै रहेको उक्त वडाका अध्यक्ष देवराज पौडेल बताउनु हुन्छ । उहाँले भन्नुभयो, “सडक सुनसान छ, मानिस र गाडी केही पनि हिडेका छैनन ।” भिमानमा सि ल गरेका चार घरबाहेक अरु १७ घरका मानिसलाई समेत १४ दिनसम्म घरबाट बाहिर निस्किन रोक लगाएको उहाँले सुनाउनुभयो ।
सि ल गरेको घरका मानिसको अरु १७ घरमा आवतजावत पाईएकोले ती घरका मानिसलाई घरबाट बाहिर निस्किन रोक लगाएको वडा अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले ती घरमा प्रहरीले नि गरानी बढाएको छ । ती घरका मानिसलाई सामान आवश्यक र्यो भने सम्पर्कका लागि मोबाईल नम्बर दिएको र सहयोगका लागि चार जना युवालाई स्वंय सेवकको रुपमा खटाईएको छ ।
घरमै न जरबन्द झै राखिएका ती मानिसको स्वास्थ्य जाँच कसरी गर्ने भनेर खोजी गरि रहेको र चेक गर्ने सामान (किट) समेत नभएको पाईएको उहाँले गुनासो गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत एवं प्रबक्ता उपेन्द्र न्यौपाने पनि बिहिबारदेखि कडाई गरेको बताउनुहुन्छ । मानिसलाई पनि हिडडुल गर्न कडाई गरेको जानकारी दिदै उहाँले काठमाडौँ जान पास समेत बन्द गरिएको बताउनुभयो ।
काठमाडौँबाटै बाहिर निस्किन गाडी नछोडेको कार्यालयले जनाएको छ ।
यता, कमलामाई नगरपालिका –४ मल्लागाँउ निवासी डम्बर कार्की पनि बीपी राजमार्गमा अघिपछिको तुलनामा बिहिबार विहानदेखि नै सबारी साधानको चाप निकै कम देखिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अत्यावश्यकका पास भएका ठूवानी साधन र एम्बुलेन्स बाहेक अरु सबारी साधन निकै कम गुडेको देखिएका छन् । कोरोना भाईरसको त्रास बढेकोले अझ कडाई गरिनु पर्ने आवश्यक छ ।”
नेपाल विद्यार्थी संघ सिन्धुलीका सचिब ईश्वर बस्नेत पनि सिन्धुली जिल्ला आफैमा बढी जिल्लाहरुसँग जोडिएको जिल्ला भएकोले कोरोना भा ईरसको जो खिममा रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले बढी सर्तकता अप्नाउनु पर्ने देखिन्छ । संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार पनि अनभिज्ञ देखिन्छन् ।”

जिल्लामा स्थानीय रुपमा किट्सहरुको अभावले पनि स मस्या देखिएको उहाँको भनाई छ । मानिसकै लागि मुलुकमा निकृष्ठ खेलबाड भई रहेको चर्चा गर्दै उहाँले हाम्रो संस्कारकै कारण आफुले चिनेका मानिसहरु र पाउनाहरुबाट धेरै टाढा रहन सक्ने अवस्था नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “अतिथिदेवो भव भन्ने कुराले हाम्रो दिमाग भरिएको छ । त्यसकारण हामी पाउनालाई नआईज पनि भन्न सक्दैनौ, रोगलाई सहर्ष स्वीकार गर्न पनि सक्दैनौ । यो सामाजिक बिषय बस्तुको कठिनाई बनेको छ ।”
सं क्रमित व्यक्ति सिन्धुली जिल्लामा आएपछि उहाँसँग सम्पर्कमा रहेका व्यक्तिलाई चेक गर्न किट्स समेत छैन भने हामी कति असुरक्षित छौ भन्ने कुरा छर्लङग रहेको उहाँको गुनासो छ ।