सिन्धुली, १३ चैत – सिन्धुली जिल्लाको दुधौली नगरपालिका–२ गिचिहानीमा बिहिबार बिहान जंगली हात्तिको आक्रमणबाट एक दम्पत्ति घाईते भएका छन् ।
विहान तीन बजेतीर घरमा आएका दुई वटा जंगली हात्तिले आक्रमण गर्दा गिचिहानी निवासी ४५ बर्षिय देबु धामी र उहाँको ४८ बर्षिय श्रीमती फुलवती धामी घाईते भएको वडा सचिब हेरम्बराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँको अनुसार घरमा आएको हात्ति धपाउन घरबाट निस्किदा सुडले बेरेर फालेको घाईतेले बताएका छन् । घाईतेमध्ये श्रीमान्को अवस्था अलि गम्भिर रहेको छ । उहाँको खुट्टा र टाउकोमा चोट लाग्नुका साथै नाकबाट रगत बगेको छ । घाईते दुवै जनाको अहिले आमा मेमेरियल अस्पताल डकाहामा उपचार भई रहेको छ ।
घाईते देवु करिब तीन साताअघि मलाम गएको बेला दाउरा लिन ट्याक्टर लिएर जंगल गएको बेला दुर्घट्नमा परी खुट्टा भाँचिएर घरमै आराम गरी बस्दै आएको स्थानीयले बताएका छन् । हात्तिले घाईते देवुको घर समेत भत्काएर सामान्य क्षेती पुर्याएको सचिब अधिकारीले सुनाउनुभयो ।
त्यसैगरी तीनै हात्तिले सोही वडाकै तल्लोभलुवाहीमा रबिबहादुर रखालको भकारी भत्काएर धान खाएर क्षती पु¥याएको उहाँले सुनाउनुभयो । कमलाखुँज क्षेत्रको रानीबास आसपासको चुरे जङगलमा बस्दै आएको ती हात्तिले त्यसक्षेत्रमा पछिल्लो दुई बर्षयता दुई दर्जनभन्दा बढी घर भत्काएर क्षती पु¥याउदै आएको बताईएको छ ।